Wednesday 16th September 2026

सज्जन र बिमलाकाे ३३ किलो सुन तीज गीत सार्बजनिक ( भिडियो सहित )


चन्द्र बिश्वकर्मा, तितोपाटी – तीजको अवसर पारेर म्याग्दीका पुर्ब सञ्चारकर्मी एवं चर्चित लोक तथा दोहोरी गायक, मोडल सज्जन बोहरा र लाेक दाेहाेरी गायिका बिमला श्रीसले ३३ किलो सुन तीज गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन ।

बिगत केही वर्ष देखि संगीत क्षेत्रमा निरन्तर लागि परेका बोहराले दर्जनौं गीतमा स्वर दिएका छन भने दर्जनौं म्युजिक भिडियोमा समेत अभिनय गरेका छन । केही समय पहिले नेपालको सनसनीपुर्ण घटना ३३ किलो सुन काण्डलाई विषय बस्तु बनाएर पारिवारिक तथा सामाजिक विषय बस्तुमा तीज गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो । उक्त गीतको शब्द रचना प्रविण खत्रीले गरेका छन भने लय संकलन गायक सज्जन बोहराको रहेको छ ।

बिभिन्न म्युजिक भिडियोमा नृत्य तथा अभिनय गरेका बोहरालाई यसपटक भने फरक शैलीमा देख्न पाइएको छ । उक्त गीतमा गायक गायिका दुबैले अभिनय गरेका छन । उक्त गीतमा लोक तथा दोहोरी गायक सज्जन बोहरा र बिमला श्रीसको सुमधुर आवाज रहेको छ भने निर्देशन एकेन्द्र सारा शंकरले गरेका छन । उक्त गीत मेसना डिजिटल कम्पनीको प्रस्तुतिमा म्युजिक नेपालबाट युट्युबमा सार्बजनिक भएको छ ।

भिडियो हेर्नको लागि तलको लिकं क्लिक गर्नुहोस् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा एक तेल ट्यांकर नौसैनिक बारुदी सुरुङसँग ठोक्किएको दाबीलाई अस्वीकार गरेको छ।…

नेपालले २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबल प्रतियोगितामा बुधबार घरेलु टोली जापानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ४ः०५ बजे जापानको…

प्रतिकृयाहरू
...