Wednesday 21st January 2026

युएइमा अर्घाखाँची घर भएकी एक महिला कम्पनीको बाथरूममा मृत भेटिइन्


तितोपाटी – युएईको दुबईमा कार्यरत अर्घाखाँचीकी एक महिला मृत फेला परेकी छिन् ।

सितगंगा नगरपालिका ४ अमराई उपल्लो बजार स्थायी ठेगाना भएकी ३९ वर्षीया रिता खनाल काम गर्दै आएको कम्पनीको बाथरूममा मृत अबस्थामा फेला परेकी हुन् ।

दुबई स्थित टेनजिस्को सप्लायर्स कम्पनीमा २ बर्षदेखि काम गर्दै आएकी उनी कम्पनीको बाथरूम भित्र मृत अवस्थामा फेला परेको अर्घाखाँची दुबई सम्पर्क मन्चका अध्यक्ष राजु खड्काले जानकारी दिए ।

मृतकको शबलाई हाल पोष्टमार्टमका लागि शारदास्थित सरकारी अस्पतालमा राखिएको र घटनाबारे नेपाली दूतवासलाई जानकारी भैसकेको बताइएको छ भने मृत्युको कारणबारे जानकारी बाहिर अाएको छैन ।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...