Tuesday 6th October 2026

नेपाली जनसम्पर्क समिति अन्तर्राष्ट्रिय समन्वय समिति “विश्व सञ्जाल’’ गठन


तितोपाटी – विभिन्न मुलुकमा रहेका नेपाली जनसम्पर्क समितिहरूलाई एउटै छातामुनि ल्याउन विष्णु सुवेदीको अध्यक्षतामा नेपाली जनसम्पर्क समिति अन्तर्राष्ट्रिय समन्वय समिति “विश्व सञ्जाल’’ गठन भएको छ ।

विभिन्न देशमा रहेका समिति अध्यक्ष र पदाधिकारीहरूको जुलाई २७, शुक्रवार साँझ भएको कन्फरेन्स कल बैठकबाट अन्तर्राष्ट्रिय सञ्जाल गठन गरिएको हो । जनसम्पर्क समिति अन्तर्राष्ट्रिय सञ्जालको उपाध्यक्षमा यूएइवाट चित्र केसी, अस्ट्रेलियाबाट कञ्चन पोखरेल र दक्षिण कोरियाबाट नवराज सिवाकोटी रहनु भएको छ । त्यस्तै महामन्त्रीमा युरोपबाट चिन्तामणी सापकोटा हुनुहुन्छ । सहमहामन्त्रीमा डेनमार्कबाट नवीन आचार्य रहनु भएको छ । कोषाध्यक्षमा अमेरिकाबाट सुभाष घिमिरे हुनुहुन्छ । सदस्यहरूमा कुल बहादुर गुरूड हंगकंग,विराट श्रेष्ठ भारत,डी पी कँडेल जापान,राजेन्द्र जमरकट्टेल( जापान, अंबिर जोशी (मकाऊ), उत्तम कडेल नेदरल्याड,टिका राम सापकोटा बेलायत, पूर्ण तिमिल्सिना बेल्जियम, दीपक रेग्मी नेदरल्याड, कुश बस्नेत बेलायत, उषा भुसाल सुवेदी इजरायल,हेमराज पाण्डे क्यानडा, बेदनिधि आचार्य ओमान,नवराज लामिछाने साउदी अरब , विष्णु सापकोटा पोर्चुगल, राजेन्द्र विरही (कुवेत) ,भवानी शंकर तिवारी मलेसिया, तारा प्रसाद बंजाड़े चीन , ज्ञानेन्द्र खत्री, युएइ हुनुहुन्छ। विश्व सञ्जालको तदर्थ समितिमा सबै देशका जनसम्पर्क समितिका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरिएको छ ।

अहिलेको परिवेशनमा थप सङ्गठित भएर नेपाली काँग्रेसलाई सहयोग गर्न आवश्यक भएकाले अन्तर्राष्ट्रिय सञ्जाल गठन गरिएको अध्यक्ष विष्णु सुवेदीले बताए । नेपाली जनसम्पर्क समितिका राष्ट्रिय समितिहरूको समन्वय गर्न र विधानमा एकरुपता ल्याउन सञ्जालले तत्काल काम थाल्ने छ । विभिन्न मुलुकमा रहेका विश्व विद्यालयका प्राध्यापक, विभिन्न अनुसन्धान संस्थाका वैज्ञानिक, विभिन्न क्षेत्रमा विज्ञको रूपमा काम गरिरहेका बौद्धिक व्यक्तिहरूको ज्ञान र सीपलाई मुलुक र पार्टीको बृहत्तर हितमा काम गर्न यसले सहयोग पुग्ने उनीहरूको विश्वास छ ।


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...