Tuesday 1st September 2026

३० जना प्रदर्शनकारी डाक्टरहरू प्रहरी हिरासतमा, हिरासतमै धर्ना


तितोपाटी – प्रहरीले करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएको छ ।महाराजगञ्जबाट प्रधानमन्त्री क्वार्टर तर्फ प्रदर्शन गर्न जान लागेका उनीहरूलार्इ महाराजगञ्ज शिक्षण अस्पताल अगाडिको सडकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरु शिक्षण अस्पताल अगाडिबाट बालुवाटारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर सामान्य झडप भएको थियो ।


त्यसपछि प्रहरीले करिब ३० जना चिकित्सकहरुलाई नियन्त्रणमा लिएर भ्यानमा कोचेर राखेको थियो । पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ । पक्राउ परेकाहरु पुलिस क्लबभित्रै धर्नामा बसेका छन् ।

आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनरत छन् ।


सम्बन्धित शीर्षकहरु

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...