Saturday 10th October 2026

‘अनसनको नाममा कांग्रेसले राजनीति गर्यो’ – प्रम अोली


तितोपाटी – प्रधानमन्त्री केपी ओलीेले डा. गोविन्द केसीको अनशनको नाममा कांग्रेसले राजनीति गरिरहेको आरोप लगाएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार आयोजित कार्यक्रममा उनले केसीको अनशनमा कांग्रेस मिसिएको जिकिर गरे ।

‘सरकारले केसीको उपचार गर्न नपाउने ? उनको नाममा अरूको राजनीतिको रोटी सेक्ने, बाटो छेक्ने ? यो हुन सक्दैन,’ उनले भने ।

उनले सबैको नि:शुल्क स्वास्थ्योपचार र गुणस्तरीय शिक्षाका लागि नेकपाले पहल गरिरहेको उल्लेख गर्दै सबै समस्या संवाद र संसद्बाट समाधान हुने बताए । प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवाजस्तो अत्यावश्यक क्षेत्रमा कर्मचारीले हडताल गर्नु उचित नभएकाले आगामी दिनमा यस्ता रबैया नियन्त्रण गर्ने प्रतिबद्धता जनाए ।

अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्टको एकता र निर्वाचनबाट बनेको दुई तिहाइ सरकारविरुद्ध नियोजित प्रचार गरिएको बताए । ‘हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौं, प्रतिक्रान्ति र क्रान्तिकारीबीच लडाइँ जारी छ,’ उनले भने, ‘प्रतिक्रियावादीलाई कम्युनिस्ट एकता र सरकार मन परेको छैन तर हामी त्यस्ता षड्यन्त्र सफल हुन दिन्नौं,’ उनले भने ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

प्रतिकृयाहरू
...