Saturday 10th October 2026

प्रचण्डद्वारा पुराना कम्युनिष्ट नेताहरूलार्इ एकतामा अाउन अाह्वान


तितोपाटी – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्तिशाली कम्युनिष्ट पार्टीमा सहभागी हुन पुराना कम्युनिष्ट पार्टीका नेताहरुलाई आहृवान गरेका छन् ।

विश्वमै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर गुम्न नदिन बाँकी रहेका सबै पुराना कम्युनिष्ट नेताहरुलाई पार्टी एकतामा आउन उनले आग्रह गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसरमा सोमबार अध्यक्ष प्रचण्डले प्रतिक्रान्तिकारीहरु सल्बलाइरहेकाले पनि पार्टीभित्रको एकतालाई अझै सुदृढ बनानुपर्ने धारणा राखे ।

कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने अभियानका विरुद्ध षडयन्त्र भइरहेको दावी गर्दै उनले जनतासँगको सम्बन्धलाई बलियो बनाउनु्पर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले स्थानीय तहदेखि केन्द्रसम्म सुशासनको प्रत्याभूति दिलाउने काममा पार्टीको सिंंगो शक्ति परिचालन हुनुपर्नेमा जोड दिए ।

उनले पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीले ठूलो सफलता हात पारेको उल्लेख गर्दै त्यसलाई जोगाउन नसके त्यसले क्यान्सरको रुप लिन सक्ने तर्फ पनि सचेत गराए ।


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...