Tuesday 24th March 2026

२२ महिनादेखि नाइजेरियमा फसेका अमेरिका हिडेका २ नेपालीको उद्दार


तितोपाटी – नेपाली दलालले अमेरिका लैजान्छु भनी बिगत २२ महिनादेखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखेका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा मंगलबार नेपाल फिर्ता भएका छन्।

उनीहरुसँग नेपाली दलाल जेशन श्रीस ९बाग्लुङ्गरपोखरा० लगायतले जनही ३५ लाख रुपैयाँ नेपालमै लिएको र पछि बीच बीचमा खान र अरु खर्च गरी ५० लाख खर्च भएको बताएका छन् ।

गैरआवासीय नेपाली संघ नाइजेरियाको प्रयास र सहयोगमा उनीहरु मंगलबार काठमाडौ फर्केका हुन ।

उनीहरुको पासपोर्टसमेत दलालले दिएको थिएन । इजिप्टस्थित नेपाली दूतावासले उनीहरुको लागि ट्राभल डकुमेन्ट उपलब्ध गराएको थियो ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाका अनुसार बैंकक हुँदै दलाल मार्फत ३६ नेपाली नाइजेरिया पुगेको र त्यसमध्ये १२ जना लाई अमेरिका लान ब्राजिल उडेका थिए । जसमध्ये १२ जना नेपाल फिर्ता भएका छन् भने १३ जना नाइजेरियामै छन् ।

तर, उनीहरु सम्पर्कमा आउन नचाहेका हुन् या दलालले आउन दिएको छैन भन्ने बारे केही थाहा भएको छैन ।

गत महिनासमेत थापाको संयोजनमा टोगोबाट यही समूहका ५ जनालाई उद्दार गरि नेपाल फर्काइएको थियो ।

थापाले उनिहरुको फिर्ताका लागि पहल गर्ने इजिप्ट स्थित नेपाल दूतावस, एनआरएनए नाइजेरिया परिवार, आइसीसी सदस्य चिरञ्जीवी रोका, एनसीसी नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर, सदस्य रुद्र दर्लामी मगरलाई विशेष धन्यबाद ब्यक्त गरेका छन् ।

बिबिन्द्र र जगनसमेत गत मे महिनामा मात्र एनआरएनए को सम्पर्कमा आई घर फिर्ता जान अनुरोध गरेका थिए ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...