Friday 9th October 2026

अब नेपाली महिलाहरूलार्इ पनि ब्रिटिस सेनामा भर्ति गरिने


तितोपाटी – बेलायती सेनामा अब नेपाली महिलहरु पनि भर्ती हुन पाउने भएका छन् । आगामी सन् २०२० सम्ममा महिलाहरूलाई पनि भर्ती गर्ने भएको छ । बेलायती रक्षामन्त्री ग्याभिन विलियम्सनले नेपाली महिलाहरूले सर्वोत्कृष्ट ब्रिगेडमा सेवा गर्ने अवसर पाउनु उचित भएको लिखित तर्क गरेकाे बिबिसीले जनाएकाे छ ।

बेलायती सेनामा कार्यरत गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनन्ट जनरल निक पोपले सन् २०२० सम्ममा महिला आवेदकहरूका लागि पनि खुल्ला हुने बताए ।

बेलायती सेनामा नेपालीहरु करिब दुई सय वर्षअघिदेखि सहभागिता जनाए पनि अहिलेसम्म महिलाहरुलाई भर्ती गरिएको थिएन । सेनामा भर्ती हुने महिलाले पुरुषले जस्तै नै कठिन शारीरिक परीक्षाहरूमा उत्तीर्ण हुनुपर्नेछ । भर्ती हुनेको तौल ५० केजी, उचाइ १५८ सेन्टिमिटर (पाँच फुट एक इन्च) बढी, आठ पटक ‘अन्डर्आर्म हीभ’ हुनुपर्नेछ ।

त्यस्तै, आवेदक महिलाहरूले २५ केजी बालुवा डोकोमा बोकेर पाँच किलोमिटर उकालो दौडिनुपर्ने पनि मापदण्ड राखिएको छ । पोखरामा भर्ना प्रक्रिया हुनेछ भने छनोट भएकाले ब्रिटेनको नर्थ योर्कशरस्थित क्याट्रिकमा १० हप्ता तालिम लिनेछन् ।


सम्बन्धित शीर्षकहरु

भारतको चेन्नईमा ४ अक्टोबर २०२६ मा आयोजित ‘धर्मरक्षा महोत्सव’ मा भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास) का निर्देशक तथा वैज्ञानिक…

यहूदी समुदायको विश्व जनसङ्ख्या तुलनात्मक रूपमा सानो भए पनि नोबेल पुरस्कार विजेतामा उनीहरूको उल्लेखनीय उपस्थिति छ। अर्कोतर्फ, विश्वभर करिब दुई…

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

प्रतिकृयाहरू
...