Tuesday 6th October 2026

तेश्रोलिंगीकी पक्षधर सोनम कपुर


तितोपाटी – सोनम कपुर आफूलाई मनमा लागेका कुरा निर्धक्क भन्न कहिल्यै हिच्किचाउँदिनन् । विवादमा आउँछु कि भन्ने डरले कुरा चपाएर बोल्दिनन् ।

सामाजिक सञ्जालमा सोनम निकै सक्रिय छिन् । हालै उनले इन्स्टाग्राममा आफ्ना फ्यानहरुसँग गरेको खुलस्त संवाद चर्चामा आएको छ । उक्त संवादमा सोनमलाई फ्यानहरुले धर्मको विषयदेखि समलिंगीलाई समर्थन गरेको विषयसम्ममा प्रश्न सोधेका थिए ।

एक फ्यानले उनलाई सोधे, ‘के तपाईं मुस्लिमलाई मन पराउनुहुन्छ ?’

आफैंमा मुर्खतापूर्ण लाग्ने यो प्रश्नको सोनमले सहजतापूर्वक जवाफ दिइन्, ‘म सबै धर्म, जाति र सम्प्रदायलाई मन पराउँछु । हिन्दू धर्मले मलाई यही सिकाएको छ ।’

त्यसपछि अर्का व्यक्तिले सोधे, ‘के तपाईं आफ्ना पाकिस्तानी फलोअरहरुलाई माया गर्नुहुन्छ ?’

सोनमले जवाफ दिइन्, ‘म सिंगै पाकिस्तानलाई माया गर्छु । म त्यहाँ गएर छुट्टी मनाउन लालायित छु ।’

सोनम विगतदेखि तेस्रोलिंगीको अधिकारका पक्षमा खुला वकालत गर्दै आएकी छन् । यस विषयमा पनि एक जनाले प्रश्न राखे ।

‘भारतजस्तो रुढिवादी देशमा तेस्रोलिंगीको वकालत गर्ने हिम्मत तपाईंलाई कहाँबाट आयो ?’

सोनमको जवाफ जियो, ‘सत्य कुराको वकालत गर्न कुनै हिम्मत चाहिँदैन मित्र । केवल प्रतिवद्धता चाहिन्छ । म अहिले पनि आफ्नो धारणामा उत्तिकै अडिक छु ।’

हालै आफ्ना प्रेमी आनन्दा आहुजासँग विहे गरेकी सोनम यतिबेला आफ्नो पछिल्लो फिल्म ‘वीरे दि वेडिङ’ को सफलताको खुशी मनाइरहेकी छन् । त्यसपछि पनि उनले अभिनय गरेको फिल्म सञ्जु प्रदर्शनमा आएको छ । तर, यो फिल्ममा उनको छोटो रोल भएकाले खासै चर्चा पाइनन् ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...