Saturday 19th September 2026

डुब्यो भक्तपुर,हाल सम्म तिनको मृत्यु


भक्तपुरमा बाढीपहिरोले तीन जनाको मृत्यु भएको छ । पहिरोले टहरा भत्काएपछि एकैघरका तीनजनाको मृत्यु भएको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

वृद्ववृद्वा र नातिनीको मृत्यु भएको श्रेष्ठले जानकारी दिए । वृद्ववृद्वाका छोराबुहारी भने नयाँ घरमा बस्ने गरेकाले सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ । मृतकको नाम ठेगान खुल्न नसकेको र केही समयपछि विस्तृत विवरण आउने प्रहरीले जानकारी दिएको छ ।
भक्तपुरका विभिन्न क्षेत्रमा डुबान भएको छ ।

मनोहरा खोलालगायत अन्य स्थानीय खोलामा समेत बाढी आएपछि स्कुल तथा बस्ती डुबानमा परेका हुन् । डुबानमा परेका करिब चार सय जनालाई प्रहरीले उद्वार गरेको छ ।
अहिले डोजरले पानी कटाउने काम गरिरहेको छ भने उद्वार कार्य जारी रहेको छ ।

यो पनि

खोलामा आएको बाढीका कारण भक्तपुरका बस्ती डुबानमा परेका छन्। मनहरा र हनुमन्ते खोलामा आएको बाढीका कारण खोला आसपासका बस्ती डुबानमा परेका हुन्।

इमाडोल र टिकाथलीका बस्तीमा पनि बाढी पस्ने खतरा देखिएको छ। बाढीले छाप्राहरू र विभिन्न सामान बगाएर ल्याएको छ।

नरेफाँटस्थित लालीगुराँस बोर्डिङ स्कुल डुबानमा छ। विद्यालय डुबानमा परेपछि सामानहरू सुरक्षित स्थानमा सारिँदैछ। विद्यार्थीहरूको परीक्षा समेत बाढीका कारण रोकिएको छ।


सम्बन्धित शीर्षकहरु

जीवनका केही कथाहरू सम्झँदा मनमा एकैपटक मुस्कान र पीडा दुवै आउँछन्। आज म मेरो जीवनको त्यही महत्वपूर्ण अध्याय—परदेश यात्राको कथा…

नेपाली राजदूतावास कुवेतले मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतको खेतानस्थित मेट्रो मेडिकल केयर परिसरमा नेपाली समुदायका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन…

दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ काउन्टीमा अगस्ट २६ मा गएको भीषण हिमपहिरो तथा माटो–ढुंगासहितको बाढीमा हालसम्म ४३ जनाको मृत्यु…

प्रतिकृयाहरू
...