Friday 9th October 2026

सुन तस्करी प्रकरणमा पत्रकार पनि पक्राउ


तितोपाटी – सुन तस्करीबारे अनुसन्धान गरिरहेको सरकारी समितिले पत्रकार गणेशप्रसाद अधिकारीलाई पक्राउ गरेको छ ।

हिन्दु साप्ताहिक सञ्चार संस्थाको तर्फबाट सूचना विभागको पत्रकार परिचय–पत्र बोकेका अधिकारीलाई काठमाडौं प्रहरी परिसरले बरामद गरेको ३ केजी सुन प्रकरणमा पक्राउ गरिएको बताइएको छ ।

यसअघि १६ असारमा नागढुंगाबाट ३ केजी सुनसहित ५ जना पक्राउ परेका थिए । परिसरले यूएईबाट आएको सुनसहित उनीहरुलाई पक्राउ गरेसँगै सरकारी समितिले चासो दिएको थियो । र, अनुसन्धान थालेको थियो ।

त्यस क्रममा पक्राउ परेका व्यक्तिसँग कनेक्सन देखिएको आरोपमा अधिकारीलाई समितिले पक्राउ गरेको हो । हाल उनलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ ।

सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

सोही घटनामा समितिले दिनेश घिमिरे र दीपक श्रेष्ठलाई पनि पक्राउ गरेको स्रोतको भनाइ छ । घिमिरेलाई प्रहरी वृत्त, कमलपोखरी र श्रेष्ठलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतको चेन्नईमा ४ अक्टोबर २०२६ मा आयोजित ‘धर्मरक्षा महोत्सव’ मा भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास) का निर्देशक तथा वैज्ञानिक…

यहूदी समुदायको विश्व जनसङ्ख्या तुलनात्मक रूपमा सानो भए पनि नोबेल पुरस्कार विजेतामा उनीहरूको उल्लेखनीय उपस्थिति छ। अर्कोतर्फ, विश्वभर करिब दुई…

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

प्रतिकृयाहरू
...