Thursday 28th March 2024

चर्चामा ग्ल्यामरस भारतीय नायिका दिशा पटानी


तितोपाटी – हेर्दाहेर्दै बलिउडकी ‘मोस्ट डिमान्डिङ’ अभिनेत्री बनेकी छिन् दिशा पटानी । ठूला-ठूला निर्माता निर्देशकहरु अफर बोकेर उनीकहाँ लाइन लागिरहेका छन् । 

दिशाले अहिलेसम्म दुईवटा मात्र बलिउड फिल्म खेलेकी छन् । र, ती दुवै फिल्म हिट भएका छन् । उनको पहिलो फिल्म थियो क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिक । जसमा उनले धोनीकी पत्नी साक्षीको भूमिका निभाएकी थिइन् । यही फिल्मबाट उनी नोटिसमा आइन् ।

हालै उनको दोस्रो फिल्म बागी २ प्रदर्शनमा आयो र धमाकेदार कमाई गर्‍यो । यस फिल्ममा दिशा आफ्ना रियल लाइफ ब्वाइफ्राइन्ड टाइगर श्राफसँग देखिएकी छन् । बागी २ को सफलतापछि दिशाको चर्चा चुलिएको हो ।

अहिले उनी सलमान खानको फिल्म ‘भारत’ मा व्यस्त छिन् । यस फिल्मका लागि जमेर मिहिनेत पनि गरिरहेकी छन् । साथै ऋतिक रोशनको जोडी भएर अर्को फिल्म खेल्ने पनि तय भएको छ ।

यसरी हातमा दुई प्रोजेक्ट भइसकेपछि तत्काल उनले अर्को अफर स्वीकार्ने सम्भावना छैन । यस्तोमा उनले सुपरस्टार अक्षय कुमारको जोडी बन्ने प्रस्तावलाई समेत नकार्नु परेको छ । उनलाई ‘हाउसफुल ४’ का लागि यो अफर आएको थियो । समय नभएको भन्दै उनले अफर अस्वीकार गरिन् ।

कुनै बेला बलिउडमा फिल्म पाउनका लागि निर्माता-निर्देशकको दैलो चहार्ने दिशा पटानीको करिअरले यति चाँडो यो उचाई लेला भन्ने सायदै कसैलाई लागेको थियो । उनी आफ्नो ग्ल्यामरस र सेक्सी छविका लागि पनि चर्चित छिन् ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...