Thursday 28th March 2024

‘नार्इ नभन्नु ल ५’ को ट्रेलर अायो, को कस्तो भूमिकामा ?


तितोपाटी – नेपालमा कुनै चलचित्रको सिक्वेल सबैभन्दा बढी बनेको छ भने त्यो ‘नाई नभन्नु ल’कै हो । भदौ ८ गते यो चलचित्रको पाँचौ सिक्वेल रिलिज हुँदैछ । यसअघि ४ वटै श्रृङ्खला हिट भैसकेका छन् ।

वन टाइम सिनेमाको ब्यानरमा तयार भएको यो चलचित्रमा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुभव रेग्मी र स्याड्रिना शर्माको मुख्य भूमिका छ ।

चलचित्रमा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ । चलचित्रलाई विकासराज आचार्यले निर्देशन गरेका हुन् ।

हरिबोल भण्डारी र गौरीराज जोशीको लगानी रहेको चलचित्रले यसपटक नायिका स्वस्तिमा खड्काको प्रेमकथा बोलेको छ । जसमा, स्वस्तिमाको बाल्यकालको भूमिकामा नव-बालकलाकार स्याड्रिना शर्माले अभिनय गरेकी छिन् ।

सार्वजनिक ट्रेलरमा पारिवारिक कथा, प्रेम प्रसंग, पीडा, व्यथालाई उठान गरिएको छ । निर्देशक विकास आचार्यले यो चलचित्रले ‘नाई नभन्नु ल २’को भन्दा बढी व्यापार गर्ने दाबी गरे । चलचित्रमा अनुभव र स्याड्रिनाको प्रेमलाई बढी महत्व दिइएको छ । नायिका प्रियंका कार्कीले विकासराज आचार्य आफ्नो परिवारकै मान्छे भएकाले पनि आफूले उहाँको चलचित्रमा काम गरेको बताइन् ।

बाल-कलाकार अनुभव रेग्मीले दर्शकले आफूलाई ‘नाई नभन्नु ल’को हरेक श्रृङ्खलामा झनै बढी माया गरेको बताए । लेखक सामिप्याराज तिमिल्सिनाले दर्शकले हरेक श्रृङ्खलालाई माया गरेको भन्दै ‘नाई नभन्नु ल ११’सम्म बनाउने आफूहरुको योजना रहेको सुनाए ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...