Saturday 20th April 2024

सन्नीको वायोपिकको ट्रेलर सार्वजनिक


तितोपाटी – पोर्न फिल्मको पृष्ठभूमि भएकी बलिउड अभिनेत्री सन्नी लियोनीको बायोपिक वेब सिरिजको ट्रृेलर सार्वजनिक भएको छ । यो बायोपिकमा आफ्नो भूमिका सन्नी आफैंले निभाएकी छन् ।

बायोपिकको नाम रहेको छ, ‘करणजित कौरः एन अनटोल्ड स्टोरी अफ सन्नी लियोनी ।’ सन्नीको वास्तविक नाम करणजित कौर हो ।

सार्वजनिक भएको ट्रेलरमा सन्नीको बाल्यकालदेखि बलिउडको यात्रासम्मका झलक समेटिएको छ । सन्नी परिवार विपन्न थियो । उनका बाबु चाहन्थे कि सन्नीले आफ्नो खर्च आफैं जुटाउन् । उनले सानोमा पत्रिका बेच्ने काम पनि गरेकी थिइन् ।

सन्नी पोर्न इन्डष्ट्रीमा कसरी आइन् भन्ने कथा पनि यो बायोपिकले बताउँछ । त्यसैगरी बिग बोसमा भाग लिएर बलिउडमा इन्ट्री गर्दासम्मको कथा यसमा समेटिएको छ ।

यो वेब सिरिजको पहिलो सिजन जि ५ एपमा जुलाई १६ देखि प्रशारण हुने छ । यसको निर्देशन आदित्य दत्तले गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...