Monday 26th October 2026

गजल


गजल


परदेशिएका युवाहरु लाई,बोलाउन पहल गरौं ।
बन्द भएका उद्द्योग धन्दा,खोलाउन पहल गरौं ।।

सिंचाइ गर्नु पर्ने नदी, बाढी बनि उर्लि आउँछ ।
नहर बनाइ तिनको पानी, डोलाउन पहल गरौं ।।

जुम्ला मुस्ताङ तिर स्याउ,कुहिराछ छ बारी भरि ।
बजार सम्म ल्याउन साधन, चलाउन पहल गरौं ।।

पाइन्न यहाँ अवसर केहि, परदेश जानु बाध्यता छ ।
स्वदेशमै रोजगारको व्यवस्था, मिलाउन पहल गरौं ।।

कृषि क्षेत्रमा पनि प्रविधिको, उच्चतम प्रयोग गरी ।
बाँझो खेत र पाखा तिर बाली, झुलाउन पहल गरौं ।।

कमला न्यौपाने
झापा-हाल भक्तपुर-नेपाल


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...