Tuesday 6th October 2026

गजल


गजल


परदेशिएका युवाहरु लाई,बोलाउन पहल गरौं ।
बन्द भएका उद्द्योग धन्दा,खोलाउन पहल गरौं ।।

सिंचाइ गर्नु पर्ने नदी, बाढी बनि उर्लि आउँछ ।
नहर बनाइ तिनको पानी, डोलाउन पहल गरौं ।।

जुम्ला मुस्ताङ तिर स्याउ,कुहिराछ छ बारी भरि ।
बजार सम्म ल्याउन साधन, चलाउन पहल गरौं ।।

पाइन्न यहाँ अवसर केहि, परदेश जानु बाध्यता छ ।
स्वदेशमै रोजगारको व्यवस्था, मिलाउन पहल गरौं ।।

कृषि क्षेत्रमा पनि प्रविधिको, उच्चतम प्रयोग गरी ।
बाँझो खेत र पाखा तिर बाली, झुलाउन पहल गरौं ।।

कमला न्यौपाने
झापा-हाल भक्तपुर-नेपाल


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...