Friday 9th October 2026

बाढी पहिरोबाट ६ दिनमै २६ जनाको मृत्यु (तथ्याङ्कसहित)


देशका विभिन्न जिल्लामा आएको बाढी पहिरोमा परी एक सातामै २६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले असार १५ गतेदेखि आजसम्म बाढी, पहिरोबाट १६ जिल्लामा गरी २६ जनाको मृत्यु भएको जानकारी दिएका हुन ।

बाढीमा परी २ जना वेपत्ता भएका छन् भने करिब एक दर्जन व्यक्ति घाइते छन् । गृहमन्त्रीले दिएको तथ्यांकअनुसार बाँकेमा ४, रोल्पामा ३, सिन्धुलीमा २, कैलालीमा १, चितवनमा १, पर्सामा २, काठमाडामौं १, सर्लाहीमा २, तनहुँमा २, उदयपुरमा १, सिराहमा १, दाङमा १, मकवानपुरमा २, महोत्तरीमा १, बर्दियामा १ र बारामा १ जनाको मृत्यु भएको हो । प्रभावित क्षेत्रहरुमा तत्काल राहत र उद्धारका कार्य थालिएको उनले बताए ।


सम्बन्धित शीर्षकहरु

भारतको चेन्नईमा ४ अक्टोबर २०२६ मा आयोजित ‘धर्मरक्षा महोत्सव’ मा भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास) का निर्देशक तथा वैज्ञानिक…

यहूदी समुदायको विश्व जनसङ्ख्या तुलनात्मक रूपमा सानो भए पनि नोबेल पुरस्कार विजेतामा उनीहरूको उल्लेखनीय उपस्थिति छ। अर्कोतर्फ, विश्वभर करिब दुई…

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

प्रतिकृयाहरू
...