Sunday 1st March 2026

५ महिना अघि कुवेत अाइ अलपत्र नेपाली महिला सृजनशिलको पहलमा उद्दार


तितोपाटी – ५ महिना अघि भारतको बाटो हुँदै कुवेत अाएकी एक नेपाली महिला घरेलु कामदार अलपत्र परेपछि सृजनशिल युवा समाज कुवेतको पहलमा उद्दार गरिएकी छन । बाँकेको कोहलपुर घर भएकी गीता खत्री कुवेतमा एजेन्ट मार्फत बन्धक भएको थाहा पाए पछि सृजनशिल युवा समाजको पहलमा नेपाल पठाइएको सँस्थाका अध्यक्ष पुष्कर सिंह धामीले  तितोपाटी डट कमलार्इ जानकारी दिए ।

कल्याणकारी युवा समाज कुवेतका अध्यक्ष निरज ठकुरी मार्फत सम्पर्कमा आएकी खत्रीको बारेमा सृजनशिल युवा समाजलाई जानकारी गराएपछी पिडितसँग सम्पर्क गरी उदारको पहल भएको थियो । काममा लगाउने कुवेतको एजेन्ट स्याम लामा केही दिन अगाडि इन्टरपोल मार्फत नेपाल गइसकेकाले उद्दारमा समस्या भएपछि नेपालको एजेन्टसँग सम्पर्क गरी उद्दारको लागि अावश्यक रकम जुटार्इ नेपाल पठाइएको अध्यक्ष धामीले बताए ।

अध्यक्ष धामीका अनुसार गैरकानूनी बाटो अंगाली कुवेत अाएकी खत्रीलार्इ नेपालको एजेन्ट अजय पुनले पठाएका थिए भने कुवेतको अफिस स्याम लामाबाट १२ सय कुवेती दिनारमा कुवेतीको घरमा बेचिएको पनि धामीले जानकारी दिए । पहिलो घरमा उनले काम गर्न नसकेपछि घर मालिकले उनलार्इ एजेन्टको अफिसमा फिर्ता गरे पछि खत्री पुनः अर्को घरमा बेचिएकी थिइन भने फेरि त्यहि घर मालिकले इथियोपियाको अपिसमा बेचेपछि इथियोपियाले केही दिनदेखि बन्धक बनाएर राखेको बुझिएको छ ।

उद्दार प्रयास गरिरहँदा खत्रीको हालका एजेन्टले ८ सय ५० केडि फिराैती दिए मात्रै उनलार्इ छोड्ने भने पछि खत्रीलार्इ नेपालबाट पठाउने नेपालको एजेन्टसँग सम्पर्क गरेर अावश्यक रकम जोहो गरेर उद्दार गर्न सफल भएको पनि धामीले बताए । उनको १० दिनको पारिश्रमिक बुझेर सृजनशिल युवा समाजका अध्यक्ष पुष्कर धामी, उपाध्यक्ष बिजय लामा, महासचिव प्रदिप राईको उपस्थितिमा गिता खत्रीलाई तलव र टिकट बुझाई बिदाई गरिएको हो। पिडित गीता खत्री सोमबार बेलुका ८ बजे एयर अरेबियाको उडान मार्फत स्वदेश फर्केकी छिन ।

स्मरण रहोस, स्थापनाकालदेखि नै राहत उद्दारका कार्यहरू गर्दै अाएको सृजनशिल समाजले विभिन्न देशबाट सयौं दिदिबहिनीहरुको उद्दार गरेको भएपनि बाहिर नल्याएको सबै गतिविधिलार्इ बाहिर ल्याएको छैन ।

सँस्थाले गरेका कार्यहरू प्रचार प्रसार गरेर नहिँडे पनि समस्यामा परेकाहरूलार्इ राहत सहयोग र उद्दारका लागि रात दिन केहि नभनी सँस्था लागेको सँस्थाका महासचिव प्रदिप राइले बताए । यस्ता समस्या भोग्नबाट बच्न र कसैको ललाइफकाइमा सरकारले नै बन्देज गरेको खाडी मुलुकमा नआउन पनि राइले नेपाली दिदीबहिनीहरुलाई सुझाव दिएका छन ।

यदि कसैलाई यस्तो समस्या भए, त्यो देशको राजदूतावास र सृजनशिल युवा समाजका जो सुकै सदस्यलाई जानकारी गराउन पनि समाजले अनुरोध गर्दै बिभिन्न मुलुकमा बिभिन्न किसिमले अप्ठेरोमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सक्दो सहयोग र उद्दार गर्ने प्रतिबद्धता व्यक्त गर्दै यदि एजेन्टहरुले अटेरी गरेको खण्डमा कानूनको दायरमा ल्याएरै छोड्ने पनि महासचिव राइले दृढता व्यक्त गरे ।


सम्बन्धित शीर्षकहरु

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

गत वर्षको जूनमा इजरायलको नेतृत्वमा इरानविरुद्ध भएको १२ दिने युद्ध मध्यपूर्वीय सुरक्षा र शक्ति सन्तुलनको इतिहासमा एउटा महत्वपूर्ण मोड थियो।…

पासपोर्टहरू कस्का थिए ? काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जाँदै गरेको अवस्थामा ४८ थान राहदानी (पासपोर्ट) बोकेर पक्राउ परेकी…

प्रतिकृयाहरू
...