Tuesday 6th October 2026

बालुवाटारमा शुरु भयो नेकपाको हेडक्वाटर बैठक, एजेन्डा के-के छन् ?


तिताेपाटी -नेकपाको पार्टी सचिवालय बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा शुरु भएको छ ।

यस अघि प्रधानमन्त्रीको चीन भ्रमण अगाडि असार २ गते सो पार्टीको सचिवालय वैठक बसेको थियो ।

विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक एक घण्टा ढिला गरी शुरु भएको हो ।

आजको बैठकले पार्टी विधान र नियमावलीसहितको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्नेछ ।

नौ सदस्यीय नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्रीको केपी ओलीको चीन भ्रमणको समीक्षा, एकीकृत पार्टीका आन्तरिक काम, शिक्षा विद्येयक, नेताहरुको कार्यविभाजन र संसदीय समिति गठन लगायतका विषयमा छलफल हुनेछ ।

नेकपाले यस अघि विभिन्न भातृ संगठनहरुको एकताका लागि कार्यदल बनाएको थियो ।

केन्द्रीय कमिटीबाहेक अन्य कमिटीको एकता अगाडि बढेको छैन् ।

पत्नी सीता दाहालको उपचारमा असार ३ गते सिंगापुर गएका नेकपाका एक अध्यक्ष प्रचण्ड दुई सातापछि आइतवारमात्रै फर्केका छन् ।

– राताेपाटी


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...