Monday 12th October 2026

स्वीस बैंकमा नेपालीको ३५ अर्व रूपैयाँ


तितोपाटी – गोपनीयताको कानूनी आडमा ग्राहकको परिचय नखोल्ने गरे पनि स्वीट्जरल्याण्डको ‘स्वीस नेसनल बैंक’ मा नेपाली नागरिकहरूको पनि खाता रहेको देखिएको छ ।

विदेशी ग्राहकहरूको सम्बन्धमा सार्वजनिक गरिएको विवरण हेर्दा नेपालीहरूले ३२ करोड २८ लाख ८० हजार फ्र्याङक त्यस बैंकमा राखेको पाइएको छ ।

(एक फ्र्याङ्क बराबर ११० रुपिञा हुन्छ) जसअनुसार स्वीस नेसनल बैंकमा रहेका नेपालीहरुको रकम ३५ अर्ब ५१ अर्ब ६८ लाख रुपैयाँ हुन्छ । नेपाली ग्राहकको संख्या खुलाइएको छैन ।

हिमालयन टाइम्स अनुसार, माथि उल्लेखित अङ्क करीव ३२ करोड २९ लाख फ्र्याङ्क सन् २००८ को दाँजोमा चौगुणा बढी हो । १० वर्षअघि यो रकम आठ करोड ६२ लाख २० हजार थियो ।

बैंकमा संसारका झण्डै दुईशय देशका मानिसको खाता रहेको र निक्षेपको आधारमा नेपाल १०९ औं हो । बेलायत, अमेरिका, वेष्ट ईण्डिज , फ्रान्स र जर्मनी माथिल्लो पाँचमा पर्दछन् ।

प्रचलित नेपाल कानूनले नेपाली नागरिकलाई विदेशी बैंकमा पैसा पठाउने अनुमति दिँदैन तर अवैध माध्यमबाट रकम पठाउने क्रम भने तीव्र भएको देखिन्छ ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

प्रतिकृयाहरू
...