Friday 9th October 2026

नेपाल भित्रियो पहिलो वाइडबडी विमान


तितोपाटी – नेपाल वायु सेवा निगमको पहिलो वाइडबडी ए ३३०–२०० विमान अन्नपूर्ण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अवतरण गरेको छ ।

विमान निर्माण गरिएको फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि काठमाडौं आइपुगेको हो । गत वैशाखमा निगमले दुर्इ वटा जहाज फ्रान्सको एआर किन्न सम्झौंता गरेको थियो ।

जहाज किन्न सरकार जमानी बसेर कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट २४ अर्ब रुपैयाँ निगमले ऋण लिएको छ । अर्को जहाज डेढ महिनापछि काठमाडौं आउनेछ ।

जहाजमा २ सय ७४ सीट छन् । जसमा १८ सीट विजनेश र २ सय ५६ सीट साधारण क्लासका छन् । तुलुजबाट क्याप्टेन टिआर्इ भिन्सेन्को टर्म्यानेट र फ्लाइट अफिसर जाओ सिजर भियरा डा सिल्भाको कमाण्डमा विमान काठमाडौं ल्याइएको हो ।

निगमका अनुसार नेपाल नागरिक उड्ययन प्राधिकरणको उडान अनुमति दिएपछि व्यवसायिक उडानमा लगाइनेछ ।

जहाजबाट पहिलो चरणमा दुबर्इ र दोहा उडान गर्ने निगमले जनाएको छ । जहाज नेपाल ल्याउनुअघि फ्रान्समै अन्तिम परीक्षण उडान गरिएको थियो ।

निगमको नयाँ जहाजले जापान र दक्षिण कोरिया उडान सुरु गर्नेछ । जापान र दक्षिण कोरियामा धेरै नेपालीले काम गर्दै आएका छन् ।


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...