Monday 5th October 2026

निःसन्तान दम्पतीको कथामा नम्रता


तितोपाटी – अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ पहिलो पटक एकसाथ रोमान्स गर्ने भएका छन् । फिल्म ‘प्रसाद’मा यी दुबैको रोमान्स रहने भएको हो ।

सोमवार काँडाघारीमा रहेको गान्धी महिला आश्रममा फिल्मको मुर्हूत गरिएको छ । विपिन र नम्रतासँगै अभिनेता निश्चल बस्नेतले एकसाथ फिल्मको संबाद बोल्दै मुर्हुत सट दिए । फिल्ममा विपिन र नम्रता श्रीमान –श्रीमतीको भूमिकामा रहने छन्, भने निश्चलले भिलेनको भुमिका निर्बाह गर्दैछन् ।

निःसन्तान दम्पत्तीको कथामा बन्न लागेको चलचित्र दिनेश राउतले निर्देशन गर्दैछन् । मुर्हूत समारोहमा नम्रता गृहिणी लुक्समा देखिएकी थिइन् । उनले सिउँदोमा सिन्दुर, गलामा राता–कालो मिसिएको पोते र हातमा राता चुरा लगाएको कार्यक्रममा देख्न सकिन्थ्यो ।

सुवाष थापाको निर्माण रहने ‘प्रसाद’लाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको ‘प्रसाद’लाई राजेश श्रेष्ठले खिच्नेछन् भने संगीत सुवाष भुसाल र कोशिष क्षेत्रीको रहनेछ । विकास सुवेदी फिल्मका एशोसियट डाइरेक्टर हुन् ।

निःसन्तानका कारण पति र पत्नीबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य मान्यता विरुद्धको कथा फिल्मले बोल्ने निर्देशक राउतले कार्यक्रममा बताए ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...