Monday 5th October 2026

‘कायरा’ मा अार्यन र साम्राज्ञीको केमिष्ट्री


तितोपाटी – बाहिरी प्रोजेट सुन्य भएपछि निर्माता बनेका अभिनेता आर्यन सिग्देलको निर्माण रहेको चलचित्र ‘कायरा’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा चलचित्रको ट्रेलर र प्रदर्शन मिती एकसाथ सार्वजनिक गरिएको हो ।

१८ साउन चलचित्रको प्रदर्शन मिति जुरेको निर्माता नायक आर्यनले कार्यक्रममा जानकारी दिए । कार्यक्रममा आर्यनको अलवा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, निर्देशक लक्ष्मण रिजाल लगायत उपस्थित थिए ।
चलचित्रमा आर्यनको जोडी साम्राज्ञी बनेकी छन् । कामका लागि सधै नै तयार हुने साम्राज्ञीका कारण चलचित्र सुटिङ गर्न निकै सजिलो भएको आर्यनले बताए ।

अभिनेत्री साम्राज्ञीले चलचित्र निकै राम्रो बनेको दाबी गरिन् । साम्राज्ञीले आर्यनको पहिलो चलचित्र हेर्दा आफू सानी नै रहेको बताउदै त्यही नायकसँग रोमान्स गर्न निकै आनन्द आएको बताइन् । आर्यनको कामबाट आफू अत्यन्त प्रभावित भएको साम्राज्ञीको भनाई रहेको थियो ।

म्यूजिकल लभ स्टोरी बिषयमा बनेको चलचित्र फिलिपिन्समा छायांकन गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...