Saturday 31st January 2026

‘तिमी हुन्छाै जहाँ जहाँ’ उपत्यका भित्र र बाहिर एकैसाथ


तितोपाटी – नेपाली कथानक चलचित्र ‘तिमी हुन्छाै जहाँ जहाँ’ गत शुक्रबारबाट उपत्यका र उपत्यका बाहिर एकैसाथ प्रदर्शन भैरहेको छ । अहिलेका पुस्तालाई लक्षित गरेर निर्माण गरिएको ‘तिमी हुन्छौ जहाँ जहाँ’ले दर्शकको मन जित्ने जिकिर निर्माताको छ ।  यस चलचित्रमा मदन दवाडी, डालचन्द्र दवाडी, प्रकास बास्कोटा र हरिप्रसाद अधिकारीको समेत  लगानी छ ।

विकाश बस्यालको निर्देशन रहेको र त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको चलचित्रमा मनिष सुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरुपपुरुष ढकाल, रबी गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेत लगायतको अभिनय चलचित्रमा देख्न सकिन्छ । वर्षा शिवाकोटीले यसमा अतिथि भूमिका निर्बाह गरेकी छन् ।

‘तिमी हुन्छौ जहाँ जहाँ’ मा रामशरण उप्रेतीको छायाँकन, कबिराज गहतराजको नृत्य, अर्जुन पोखरेलको संगीत रहेको छ ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...