Sunday 19th May 2024

अनमोलले देशभर कन्सर्ट गर्ने


तितोपाटी – नायक अनमोल केसीले आफू देशभर रहेका आफ्ना फ्यानहरुसँग भेट्न पाउँदा अन्त्यन्त उत्साहित भएको बताएका छन् । भदौमा देशका विभिन्न ४ शहरमा आयोजना हुन लागेको ‘अनमोल इभ २०१८’मा सहभागी हुन लागेका अनमोलले समाजसेवाका लागि यो कार्यक्रममा सहभागी हुन लागेको बताए ।

काठमाण्डौको अन्नपूर्ण होटलमा आज आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै अनमोलले भने–‘मैले अहिलेसम्म समाजसेवाका लागि कुनै काम गर्न पाएको छैन । म चाहन्छु कुनै न कुनै तरिकाले समाजसँग जोडिन पाउँ । यो कार्यक्रम पवित्र उद्देश्यका लागि आयोजना हुन लागेकाले विना पारिश्रमिक सहभागी हुन लागेको हुँ ।’

मोनिका इन्टरनेशनल ग्रुपले आयोजना गर्न लागेको ‘अनमोल इभ २०१८’ बुटवल, पोखरा, चितवन र विर्तामोडमा आयोजना हुँदैछ । कार्यक्रममा आयोजकले दिएको जानकारी अनुसार भदौ ९ गते बुटवल, भदौ १६ गते पोखरा, भदौ २३ गते चितवन र भदौ २७ गते विर्तामोडमा कार्यक्रम हुनेछ । यी ४ वटै शहरमा आयोजकले ७ देखि १५ हजारसम्म दर्शक उपस्थित हुने अपेक्षा गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन, कला–संकृतिको संरक्षणका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाका प्रमुख कमल जीसीले जानकारी दिए । उनका अनुसार, कार्यक्रमबाट उठेको रकम नेत्रहिन महिला संघलाई सहयोग गरिनेछ ।

नायक अनमोल केसीसँगै नायिका प्रियंका कार्की र अन्य विभिन्न कलाकारहरु यो कार्यक्रममा सहभागी हुनेछन् । अनमोललाई ४ वटै शहरमा हेलिकप्टरबाट स्टेजमा पु¥याउने आयोजकले बताएको छ । नायक अनमोल केसीले आफ्ना फ्यानहरुसँग आफू यसअगाडि प्रत्यक्ष रुपमा जोडिन नपाएको भन्दै यो कार्यक्रमबाट फ्यानसँग जोडिन पाउँदा उत्साहित भएको बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...