Sunday 7th June 2026

अनमोलले देशभर कन्सर्ट गर्ने


तितोपाटी – नायक अनमोल केसीले आफू देशभर रहेका आफ्ना फ्यानहरुसँग भेट्न पाउँदा अन्त्यन्त उत्साहित भएको बताएका छन् । भदौमा देशका विभिन्न ४ शहरमा आयोजना हुन लागेको ‘अनमोल इभ २०१८’मा सहभागी हुन लागेका अनमोलले समाजसेवाका लागि यो कार्यक्रममा सहभागी हुन लागेको बताए ।

काठमाण्डौको अन्नपूर्ण होटलमा आज आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै अनमोलले भने–‘मैले अहिलेसम्म समाजसेवाका लागि कुनै काम गर्न पाएको छैन । म चाहन्छु कुनै न कुनै तरिकाले समाजसँग जोडिन पाउँ । यो कार्यक्रम पवित्र उद्देश्यका लागि आयोजना हुन लागेकाले विना पारिश्रमिक सहभागी हुन लागेको हुँ ।’

मोनिका इन्टरनेशनल ग्रुपले आयोजना गर्न लागेको ‘अनमोल इभ २०१८’ बुटवल, पोखरा, चितवन र विर्तामोडमा आयोजना हुँदैछ । कार्यक्रममा आयोजकले दिएको जानकारी अनुसार भदौ ९ गते बुटवल, भदौ १६ गते पोखरा, भदौ २३ गते चितवन र भदौ २७ गते विर्तामोडमा कार्यक्रम हुनेछ । यी ४ वटै शहरमा आयोजकले ७ देखि १५ हजारसम्म दर्शक उपस्थित हुने अपेक्षा गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन, कला–संकृतिको संरक्षणका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाका प्रमुख कमल जीसीले जानकारी दिए । उनका अनुसार, कार्यक्रमबाट उठेको रकम नेत्रहिन महिला संघलाई सहयोग गरिनेछ ।

नायक अनमोल केसीसँगै नायिका प्रियंका कार्की र अन्य विभिन्न कलाकारहरु यो कार्यक्रममा सहभागी हुनेछन् । अनमोललाई ४ वटै शहरमा हेलिकप्टरबाट स्टेजमा पु¥याउने आयोजकले बताएको छ । नायक अनमोल केसीले आफ्ना फ्यानहरुसँग आफू यसअगाडि प्रत्यक्ष रुपमा जोडिन नपाएको भन्दै यो कार्यक्रमबाट फ्यानसँग जोडिन पाउँदा उत्साहित भएको बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं महानगरपालिकाले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि नयाँ भूमि व्यवस्थापन अवधारणामाथि गृहकार्य अघि बढाएको छ। प्रस्तावित योजनाअनुसार…

लेबनानी हिजबुल्लाह समूहका महासचिव नाइम कासेमले लेबनान र इजरायलका प्रतिनिधिबीच अमेरिकी मध्यस्थतामा घोषणा गरिएको सशर्त युद्धविराम प्रस्तावलाई अस्वीकार गर्दै त्यसलाई…

BYD आयात विवाद अहिले केवल एउटा कम्पनी वा केही गाडीको विषय मात्र नभई नेपालको राजस्व प्रशासन, भन्सार प्रणालीको पारदर्शिता र…

प्रतिकृयाहरू
...