Saturday 26th September 2026

मदिराजन्य पदार्थको व्यावसायका कारण कुवेतमा नेपाली वदनाम


तितोपाटी – कुवेतमा अपराध गर्ने विदेशीको सूचीमा नेपाली समुदाय ‘अन्य’ मा पर्छ । कुवेतको आन्तरिक मन्त्रालयको प्रतिवेदनअनुसार सन् २०१७ मा १० हजार ९ सय २९ वटा अपराधजन्य घटना भएका थिए, जसमा सबभन्दा बढी इजिप्सियन (२ हजार ६ सय २१), दोस्रोमा बेडोइन क्षेत्रका (१८ सय ३), तेस्रोमा भारतीय (११ सय ३१), चौथोमा सिरियन (एक हजार ६) र पाँचौंमा साउदी (८ सय ६) नागरिक अपराध घटनामा संलग्न छन् ।

त्यसपछि क्रमश: बंगलादेशी (५०२), श्रीलंकाली (१९३), फिलिपिनो (३४३), जोर्डनी (२३२), पाकिस्तानी (२९६), इरानी (२३४), लेबनानी (२३३) र इराकी (१६५) नागरिक अपराधमा लागेको देखिन्छ ।

यसरी ‘इमानदार’ को छवि बोकेका नेपाली कामदारलाई पछिल्लो समय एउटा दाग लागेको छ, ‘यिनीहरू रक्सी बनाउने र बेच्ने गर्छन् ।’ अपार्टमेन्ट भाडामा लिएर बसेका एक नेपालीले दिएको जानकारीअनुसार कोठाकोठामा जाँडरक्सी उत्पादन हुन्छ । ‘थौरै परिमाणमा कोठामै बन्छ, ठूलो परिमाणमा भने सिंगो भिल्ला लिएर उत्पादन हुन्छ,’ उनले भने । कुवेतको हसाबिया, फर्बानिया, महाबुल्ला, माङगाफ, हवाली, जिलिवलगायत क्षेत्रमा नेपालीसहित आप्रवासीको उल्लेख्य बसोबास छ । हसाबियालाई सबैभन्दा बढी गैरकानुनी काम हुने क्षेत्र मानिन्छ । गत साता मात्रै कुवेत प्रहरीले साद अल–अब्दुल्लाह क्षेत्रमा नेपालीको मदिरा भट्टी फेला पारेको थियो । त्यसमा तीन महिलासहित ६ नेपाली पक्राउ परे भने २ सय ५० ब्यारेल मदिरा बरामद भयो ।

झन्डै डेढ लिटरसम्म रक्सीको प्रतिबोतल १० केडी अर्थात् तीन हजार ५ सय रुपैयाँमा बिक्री हुन्छ । विदेशी रक्सी ४५ केडीसम्ममा बिक्री हुन्छ । न्यून आम्दानी भएका कामदार यस्तो कार्यमा बढी संलग्न छन् । घरेलु कामदारका रूपमा आएका महिलालाई यसमा बढी प्रयोग गर्ने गरिएको छ । काम गर्ने घरमा दु:ख पाएका महिलालाई भगाएर कोठामा राख्ने गिरोह नै छ ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...