Monday 26th October 2026

सानु लामाकाे गजल – नगराैं कहिले भेदभाव


जात, पात नसाेध हामी नेपालिकाे जात हुदैन

हसिया, खुर्पा बनाउदैमा काेहि बिश्वकर्मा हुदैन ।

अाखिर काटे रतग सबैकाे एउटै हुन्छ मानव हाे

कसैकाे सेताे कसैकाे राताे अाखिर पक्कै हुदैन ।

सधै सोचौं सकारात्मक मन र उच्च बिचारहरूले

लुगा – कपडा सिलाउदैमा कोहि – कसै परियार हुदैन ।

नगर्नु कहिले भेदभाव अाखिर एक दिन मरेर जानू छ

कर्मकाे फल सबैले भाेग्छ काेहि क्षेत्री, ब्राह्मण हुदैन ।

मानिसकाे चाेला दुई दिन हो किन गर्छन भेदभाव

अारानमा बसेर घन चलाउदैमा सबै विश्वकर्मा हुदैन ।

जात,पात नसाेध हामी नेपालीकाे जात हुदैन

हसिया, खुर्पा बनाउदैमा काेहि विश्वकर्मा हुदैन ।।

सानु लामा

बर्दिया

हाल – मरुभूमि कुवेत


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...