Friday 9th October 2026

कुवेतमा २०५ अाैं भानु जयन्ति मनाइने


तितोपाटी – कुवेतमा २०५ औं भानु जयन्ति मनाईने भएको छ । विश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा आउँदो जुलाई १३ तारिख शुक्रबारका दिन कुवेतमा २०५ औं भानु जयन्ति साहित्य श्रृंखला वाचन गरेर मनाउन लागिएको बुझिएको छ ।

विश्वभरका साहित्यकारहरु एकजुट होऔ नेपाली साहित्यलाई समद्ध बनाऔ भन्ने मूल उदेश्यका साथ स्थापना भयको विश्व नेपाली साहित्य महासंघ कुवेतले हरेक बर्ष विभिन्न कार्यक्रम गरी भानु जयन्ति मनाउदै आएको छ ।

नेपाली भाषाका अादिकवि  भनेर चिनिएका भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए । उनले अनुवाद गरेका रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन्। भानुभक्तका प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीतासँगै विभिन्न फुटकर कविता कृति प्रकाशित छन् ।

उक्त दिन कार्यक्रम नजुधाई दिनहुन र कार्यक्रमलाई सफल पार्न सहयोग गरीदिनुहुन कुवेतमा क्रियाशील बिभिन्न संघ संस्था समाजसेवी, बुद्धिजीवि, पत्रकार, खेलाडी र कलाकार लगायत  सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई महासंघले हार्दिकअनुरोध समेत गरेको छ ।

कार्यक्रमको विवरण

मिति : १३ जुलाई २०१८ शुक्रबार

स्थान: पपिन्स हल जिलिब

समय: बिहान ठिक १० बजे

सम्पर्क नं: ६६२६५२२६ / ६७७४९३६१ / ५०६६११७४/५०३०७३०३


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...