Sunday 27th September 2026

नेपाल टेलिकमको “विशेष प्रतिभा पुरस्कार” गायक डि बि लोप्चनलार्इ


बसन्त थापा- मलेसियाको राजधानी क्वालाम्पुरमा आयोजना गरिएको बिशेष समारोहमा बहु प्रतिभाका भरीपूर्ण एj+ स्वरका धनी गायक डीबी लोप्चन लाई यो बर्षको नेपाल टेलिकमको “बिशेष प्रतिभा पुरस्कार” ले सम्मानित गरिएको छ ।

बिगत लामो बर्ष देखि कुवेतमा कार्यरत लोप्चन नेपाली सांगीतिक क्षेत्रमा निकै सकृय रहदै आएका थीए गीत संगीत प्रति निकै रुचि राख्ने लोप्चन कुवेतमा रहदानै बिश्वको बिभिन्न देशहरूमा कार्यक्रमकै शिलाशिलामा जाने गरेका थिए।

चितवन ज़िल्लाको सौराहामा जन्मेका गायक लोप्चन कुवेतमा लामो समय सम्म श्रमजीवी गर्दै आएका थिए । हालै मात्र नेपाल फर्कीएका लोप्चन मलेसियाबाट म्युजिक भिडियोको विशेष अवार्ड सहित सम्मानित भएका छन।उक्त अवार्ड कार्यक्रममा नायिका आँचल शर्मा र नायक पल शाह सहित दर्जनौ कलाकारहरू रहेका थिए।

उक्त कार्यक्रममा उत्कृष्ट लोक दोहोरी गायिका अवार्ड उमा श्रेष्ठ र बिशेश प्रतिभा पुरस्कार द्वारा सम्मान अमृत खाती पनी रहेका थिए।

आधी गाग्रो पानी छलकिन्छ बोलको सर्मपित गित बजारमा ल्याएका गायक लोप्चनलाई नेपाल टेलिकम आयोजना मा भएको म्युजिक भिडियो अवार्ड कार्यक्रममा “बिशेष प्रतिभा पुरस्कार” बाट सम्मानित गरिएको हो भने लोप्चनका अरु थुप्रै गीत हरू बजारमा उपलब्ध रहेका छन।

मलेसियामा आयोजना गरिएको सो सम्मान नेपाली कलाकार को जम्बो टोलि पुगेको थियो । लोप्चनले सम्मान पछि प्रतिक्रिया दिदै पुरस्कार बाट अझै धेरै आफुमा जिम्मेवारी थपिएको र अझै उत्कृष्ट गीत संगीत सांगीतिक बजारमा ल्याउन प्रेरणा मिलेको बताएका छन ।


सम्बन्धित शीर्षकहरु

थाइल्याण्डको राजधानी बैंककमा लगातारको भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ। बाढीका कारण करिब ४,९०० जनालाई सुरक्षित आश्रयस्थलमा सारिएको…

लगातार चार दिनदेखि परेको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या बढ्दै गएको छ। नदीहरूमा पानीको बहाव…

लगातारको वर्षासँगै मनाङको नासोँ गाउँपालिका–१ स्थित तालगाउँ उच्च जोखिममा परेको छ। मर्स्याङ्दी नदीले धार परिवर्तन गरी गाउँतर्फ बगेपछि स्थानीयवासी त्रसित…

प्रतिकृयाहरू
...