Friday 9th October 2026

विदेश लैजाने भन्दै करोडाैं ठगी


तितोपाटी – विभिन्न देशमा आकर्षक तलब सुविधासहितको जागिर भन्दै राष्ट्रिय पत्रिकाहरुमा सुचना निकाल्दै सर्वसाधारणलाई ठग्ने प्रवृत्ति बढेको छ । बानेश्वरमा रहेको कोरल एजुकेशन कन्सल्टनेशी, रोएल एजुकेशन कन्सल्टेन्सी, रोएल एचआर सोलुशनले क्यानडा, अष्ट्रेलिय लगाएतका देशमा जाने सुवर्ण अवसर लगातका सुचना प्रकाशन गर्यो ।

यही देखेर सामाखुशीका गोविन्द रेग्मी, सुर्यविनायक विदुर घतानी, समिर तिवारी, भविष्य खड्का लगाएतका युवाहरु उक्त कन्सल्टेन्सीमा पुगे । यी दुवै कन्सल्टेन्सी र मेनपावर एकै व्यक्ति कृष्ण बहादुर सिकेको रहेछ । सिके ले उनिहरु सबैलाई फरक फरक समयमा क्यानडा, अमेरिकन क्रुज, रसियन क्रुज, अस्ट्रेलिया लैजाने भन्दै ५० हजार देखि ६ लाख रुपैया लिए ।

उनले पैसाको डिल आँफु गर्थे र कार्यालयका कर्मचारीलाई दिन लगाउँथे । अहिले उनी सम्पर्क विहिन छन् । कहिले काँही भारतमा छु भन्दै म्यासेज गर्छन् तर फेरी गाएव हुन्छन् । अहिले ५० जना भन्दा बढी युवाहरु कृष्ण बहादुर सिकेको खोजी गर्दै प्रहरी प्रशासन धाइरहेका छन् तर कसैले उनिहरुको कुरा सुन्दैनन् । प्रहरीले वैदेशीक रोजगारको केश हेर्दैनौ भन्छ भने वैदेशीक रोजगार विभागका अधिकारी यो कन्सल्टेन्सीको केश हो भन्दै पन्छिदै आएका छन् ।


सम्बन्धित शीर्षकहरु

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

प्रतिकृयाहरू
...