Saturday 20th April 2024

ग्याँस सिलिण्डर पड्केर कोरियामा १ नेपालीको मृत्यु


तितोपाटी – दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मंगलबार भएको औद्योगिक दुर्घटनामा मोरङ बेलबारीका बलकुमार राईको मृत्यु भएको हो ।
दाना पकाउने भाँडामा सोमबार बिहान ग्यास लिक भएर सिलिन्डर पड्किँदा राई घाइते भएका थिए । तुरुन्तै भुसान अस्पताल लगिएका राईलाई राति दुई बजे अस्पतालले मृत घोषणा गरेको उनका साथी सुरेश राजवंशीले जानकारी दिए । राईको शव अस्पतालमै राखिएको छ ।

इपिएसमार्फत तीन वर्षअघि कोरिया आएका ३२ वर्षीय राईको पत्नी र एक छोरा छन् । उक्त कम्पनीमा उनीसहित ६ नेपाली कार्यरत थिए ।

यसअघि जुन १३ तारिखमा यहाँ पोखरा बाझपाटन निवासी बलबहादुर गुरुङ मृत्यु भएको थियो । उनकै शव कोरियामै रहेको छ ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...