Tuesday 27th October 2026

सैफ अली खान बिरूद्ध इन्टरपोल


तितोपाटी – बलिउड अभिनेता सैफअली खानविरुद्ध इन्टरपोलले सूचना जारी गरेको छ । सन २०१३ मा रोमानियामा शिकार गरेको आरोपमा उनीविरुद्ध इन्टरपोलले सूचना जारी गरेको बताइएको छ । यस मामिलामा बुल्गारिया सरकारले सैफअलीलाई १० हजार यूरो जरिवाना तिर्न भनको थियो ।

इन्टरपोलको उक्त सूचना मुम्बई क्राइम ब्रान्चले अघिल्लोे साता सैफअलीको बान्द्रास्थित घर बुझाइएको थियो ।

इन्टरपोलको सूचनामा सैफअलिसँग १५ वटा प्रश्न सोधिएको छ । जसमा सन २०१३ उनको भ्रमणका बारेमा जानकारी मागिएको छ । सूचना सैफअलीसहित अरु चार जनालाई पनि पठाइएको छ । जो सो भ्रमणमा सैफअली सँग थिए ।

मुम्बई प्रहरी अधिकारीले भने, ‘सैफअली र अन्य चार जनालाई स्ुचना पठाइएको छ तर अहिलेसम्म त्यसको कुनै जवाफ आएको छैन ।

सन २०१३ मा सैफसहित अन्य चार जनाले एक बुल्गारियन कम्पनीमाफर्त रोमानियाको पहाडमा जंगली भालुको शिकार गरेका थिए ।

स्रोतका अनुसार, ‘सैफअलीले २९ नोभेम्बर २०१३ देखि २ डिसेम्ब्र २०१३ को बीचमा उक्त शिकार गरेको बताइएको छ । यो शिकार गर्न २४ हजार यूरो तिर्न उनीहरु मञ्जुर थिए । जसमो १४ हजार यूरो नगद दिएका थिए ।

बुल्गारिया छोडेको केही दिनपछि कम्पनीले सैफअलीसँग सम्पर्क गरेको थियो जसमा उनले जर्जी पेटेवको खातामा बाँकी रकम पठाएको बताइएको छ ।

तर यो किन गरियो त्यसबारेमा भने अहिलेसम्म केही बताइएको छैन । त्यसपछि कम्पनीले पेटेवलाई सम्पर्क गरेको तर उनी सम्पर्कमै आएनन् । त्यसपछि कम्पनीले सन २०१४ मा यस विषयमा बुल्गारिया सरकारको सहयोग लिएको थियो ।


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...