Tuesday 6th October 2026

जनप्रगतिशिल मञ्च ओमनको किङ्ग रेस्टुरेन्टमा भेटघाट तथा बृहत छलफल कार्यक्रम सम्पन्न


तितोपाटी – जनप्रगतिशिल मञ्च ओमनले शुक्रबार मस्कट घालाको म:म किङ्ग रेस्टुरेन्टमा एक विशेष कार्यक्रम गरि भेटघाट तथा बृहत छलफल कार्यक्रम सप्पन्न गरेको छ ।

उक्त कार्यक्रममा ढिलै भएपनि नयाँ वर्ष २०७५ को नेपाली पात्रोको बिमोचन गरि निशुल्क वितरण गरेको छ । ओमनमा आगामी हुने संगठन एकताको बारेमा पनि महत्त्वपूर्ण छलफल भएको छ ।

उक्त छलफल तथा भेटघाट कार्यक्रममा एन आर एनका सचिब तथा मञ्चका सल्लाहकार डिबि क्षेत्री, मञ्चका अध्यक्ष उमेश विश्वकर्मा, उपाध्यक्ष हेम आचार्य, केन्द्रिय सदस्य शुरेस बराईली, याम बहादुर सुनारी मगर र सचीव तथा प्रचारप्रसार बिभाग प्रमुख पूर्ण विश्वकर्माको उपस्थिति रहेको थियो । भर्खर नेपालबाट छुट्टी सकेर आउनु भएका सचीव पुर्ण बिश्वकर्माले नेपालको राजनीतिक र संगठनको बारेमा पार्टी कार्यलयमा भएको छलफल बारेमा प्रष्ट पार्नु भएको थियो ।

सचीवले नेपाल बसाइको क्रममा पार्टी कार्यलय पेरिस डाडामा बिदेश बिभाग सचीव युवराज चौलागाईं लगायत शीर्ष नेतृत्वहरु संग भेटघाट गर्नु भएको थियो । प्रवासमा रहेका कामदारको विषयमा बृहत छलफल गरि ज्ञापनपत्र समेत बुझाउनु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...