Tuesday 14th July 2026

जनकपुर र विराटनगरबाट दुईतर्फी एयर रुट दिन भारत सहमत


काठमाडौं -भारतले नेपाललाई जनकपुर र विरानगरबाट पनि दुईतर्फी एयर रुट दिने भएको छ । यसका लागि शनिबार नेपाल र भारतको बीचमा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

अब अन्तर्राष्ट्रिय उडानका लागि काठामडौं-विराटनगर र काठमाडौं-जनकपुर हवाई रुटलाई दुईतर्फी बनाइनेछ । नागरिक उड्ययन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डियाबीच नयाँ हवाई रुटसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बिहीवार र शुक्रवार दुईपक्षले नेपाललाई नयाँ हवाई रुटहरु दिनेबारे वर्ता गरेका थिए ।

 

समझदारीअनुसार अब नेपाल भित्रिने विमानलाई सिमाराबाटै आउनुपर्ने बाध्यता हट्नेछ । अहिले भुटान र चीनबाहेकका मुमलुबाट आउने विमानले सिमाराकै रुटमा मात्रै प्रयोग गरिरहेका थिए ।

अब भने अन्तर्राष्ट्रिय उडान भर्ने विमानले जनकपुर विराटनगरबाट पनि प्रवेश विन्दु प्रयोग गर्न सक्नेछन् ।

महेन्द्रनगरमा पनि कम उचाइमा उड्ने विमानले दुईतर्फी रुट प्रयोग गर्न सक्म्ने गरी समहति भएको हो । विमानलाई काठमाडौं-महेन्द्रनगर-दिल्ली रुटलाई दुईतर्फी बनाउने सहमति भएको हो ।

अब यसका लागि दुबै पक्षले सुरक्षा मूल्यांकन गरेर नयाँ हवाई रुटको प्रयोग थालिने प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

गौतमवुद्ध, पोखरा र निजगढ विमानस्थलबाट बढी उचाइमा उड्ने अन्तर्राष्ट्रिय विमानका लागि पश्चिममा नेपालगञ्ज र महेन्ऽनगरबाट प्रवेशमार्ग दिने सम्बन्धमा आउँदो सेप्टेम्बरसम्म विस्तृत प्राविधिक अध्ययन मूल्यांकन सम्पन्न गर्ने सहमति पनि भएको श्रेष्ठले बताए ।

यसैगरी एयर नेभिगशेन लगायतका प्राविधिक विषयमा पनि दुई पक्षले मिलेर काम गर्न सहमति जनाएका छन् ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकामा बस्दै आएका इरानी मूलका एक इन्जिनियरलाई अमेरिकी सरकारले नियन्त्रणमा राखेका प्रविधि इरानमा निर्यात गरेको अभियोगमा दोषी ठहर गरिएको छ।…

बैंगन (भण्टा) एक पौष्टिक र स्वास्थ्यका लागि लाभदायक तरकारी हो। यसमा फाइबर, भिटामिन, खनिज तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले…

हामी सबैको करेसाबारीमा सजिलै फलाउन सकिने र सबैको भान्सामा चल्ने भिण्डी (Okra/Lady Finger) एक पौष्टिक तरकारी हो । यसमा फाइबर,…

प्रतिकृयाहरू
...