Tuesday 25th August 2026

कुवेत लगायत अन्य गल्फ राष्ट्रमा भोलि इद पर्व मनाउने


चन्द्र बिश्वकर्मा, तितोपाटी – मुस्लिम समुदायको रमजान अर्थात् एकमहिने व्रत रोजा आज बाट सकिएको छ ।
ईद पर्व १४३९ कुवेत लगायत अन्य गल्फ राष्ट्रमा भोलि मनाउने भएको छ । ईद इस्लाम धर्मावलम्बीहरूको महान् पर्व हो । यसलाई ईद उल फित्र पनि भनिन्छ ।

यो पर्व इस्लामिक मुलुकहरू लगायत नेपाल, भारत बङ्गलादेश, अफ्गानिस्थान र श्रीलंकामा हर्षोल्लासका साथ मनाइन्छ । अरेबिक पात्रो हिजरी संवत्को रमजानल मुबारक महिनाभर रोजा, व्रत बसिसकेपछि रोजाको अन्तिम दिन मुसलमानले महान चाड इर्द उल फित्र मनाउँछन् ।

भोलि इदको दिन इस्लाम धर्मावलम्बीहरू बिहानै उठ्छन् । नुहाइ–धुवाई गरी चोखो बनेर सेवई खाएर नमाज पढ्ने चलन छ। ईदमा मुसलमानहरू सफा, राम्रा कपडा र अत्तर लगाएर इदगाह वा मस्जिदमा गएर इदको नमाज पढ्छन् । ईदमा आफन्त र छिमेकीहरूलाई पनि बोलाएर खुवाउने, भेटघाट गर्ने छ्न । ठूलाले सानालाई आशीर्वादसँगै दक्षिणा दिने पनि प्रचलन छ ।

‘ईद’को शाब्दिक अर्थ नै ‘खुसी’ भनी कुरानमा लेखिएको छ । रोजा व्रतले तन, मन शुद्ध गराउने मानिन्छ ।
ईदका अवसरमा गरिब लाई पैसा, खानेकुरा, कपडा दान गर्छन । विशेषगरी रोजा अवधिभर भोकै बसेर सांसारिक कुराबाट टाढा बस्छन्, । रोजा अवधिभरको अभ्यासले पुण्य कमाएको, पाप पखालिएको, ईष्र्या झुट, लोभबाट टाढा बस्न पाएको अवसरमा इद मनाउने चलन छ । इद पर्वको नमाज पढ्न जादा पहिले गएको बाटो बाट नफर्की अर्को बाटोबाट फर्किने चलन पनि रहेको छ ।

कुवेत सिटिको मालियामा रहेको मस्जिद युसुप अल- अद्सनीमा अरबिक भाषा नजान्नेका लागि हिन्दी भाषामा भोलि बिहान ६ बजे इदको नमाज सुरु हुने आइपिसि नेपाली भाषाका शिक्षक मोहम्मद इब्राहिमले तितोपाटी लाई जानकारी गराउनु भएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले करिब पाँच दशकपछि सिरियालाई “आतंकवाद प्रायोजक राष्ट्र”को सूचीबाट हटाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाली राष्ट्रपति अहमद अल-शाराले अन्तर्राष्ट्रिय…

अमेरिकाले इरानसँग आर्थिक सम्बन्ध कायम राख्ने देशहरूलाई कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई आर्थिक रूपमा…

भारतको इलाहाबाद उच्च अदालतले विद्यालयको निर्धारित पोसाकसँगै हिजाब वा अतिरिक्त हेडस्कार्फ लगाउने विषयमा महत्वपूर्ण फैसला सुनाएको छ। अदालतले स्कुलले तोकेको…

प्रतिकृयाहरू
...