Friday 9th October 2026

बागलुङको ताराखोलामा जीप दुर्घटना, दुईको मृत्यु


जिल्लाको ताराखोला गाउँपालिका अन्तर्गत अर्गलमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

घुस्मेली काँक्राखोरदेखि ताराखोला गाउँपालिकाको कार्यालय जाँदै गरेको ग १ ज ६०३४ नम्बरको जीप दुर्घटना हुदाँ दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ। दुर्घटनामा परी मृत्यु हुनेहरुमा ताराखोला गाउँपालिका – ३ का वडा सदस्य समेत रहेका २४ वर्षीय हेमन्त घिमिरे र सोही ठाउँका अन्दाजी ५४ वर्षीय हरिराम गिरी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी विश्वराजसिंह थापाले बताए। दुर्घटनामा जीपका चालक ताराखोला -३ का डम्बरबहादुर घिमिरे र अन्दाजी ४२ वर्षीय कर्णबहादुर भण्डारी गम्भीर घाईते भएका छन्। घाईतेहरुलाई प्राथमिक उपचार केन्द्र हरिचौरमा ल्याईएको डिएसपी थापाले बताए। जीप मोटरबाटो देखि पाँच/छ सय मिटर तल खसेको स्थानीयले बताएका छन्। दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...