Friday 9th October 2026

सरकारी कोटामा कोरिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ


कोरियामा सरकारी कोटामा १ वर्षको लागि पठाउने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले नौ जना व्यक्तिबाट ७९ लाख ६५ हजार ८ सय रुपैयाँ ठगी गर्ने लमजुङ दुर्दी गाउँपालिका–२ घर भई ललितपुर महानगरपालिका ४ बस्ने ५३ वर्षका मिनबहादुर थापा र काठमाडौँ ९ बस्ने ३५ वर्षका जोसेफ श्रेष्ठलाई पक्राउ गरेको हो ।

थापालाई ललितपुरको लगनखेलबाट र श्रेष्ठलाई काठमाडौँको पुतलीसडकबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...