Monday 26th October 2026

बिरेन्द्र साहिले अभिनय गरेको म्युजिक भिडियो बजारमा


चन्द्र बिश्वकर्मा, तितोपाटी – म्याग्दी जिल्लाको मालिका गाउपालिका दुखुमा जन्मेका बिरेन्द्र साहिले अभिनय गरेको म्युजिक भिडियो बजारमा आएको छ । सानै उमेर देखि कलाकारिता क्षेत्रमा रुचि भएका बिरेन्द्रले दुई वटा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन ।
राज कुमार बगरको चङ्गा हु म धागो तिमी राख तानी – तानी आधुनिक गितको म्युजिक भिडियो नेपाली म्युजिक मुभीले बजारमा ल्याएको हो । उक्त गितमा हिमानी ढुङ्गेलकाे स्वर रहेको छ भने लय तथा संगीत राज कुमार बगरको रहेको छ ।
उक्त गितमा बिरेन्द्र साहि र सोनु श्रेष्ठले अभिनय गरेका छन भने भिडियोको निर्देशक र सम्पादन जीवन सेन्चुरिले गरेका छन । उक्त गितको छायाँकन बिकास आनन्दले गरेका हुन ।
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।

सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...