Monday 18th June 2018

प्रश्न सोधेकै भरमा मन्त्रीले कार्यक्रम बन्द गराएपछि महासंघको अापत्ति


तितोपाटी – नेपाल टेलिभिजनमा विगत १२ वर्षदेखि प्रसारण हुँदै आएको अन्तर्वार्तामूलक कार्यक्रम ‘सिधा प्रश्न’ सूचना तथा संचार एवं प्रविधि मन्त्री गोकुल बास्कोटाको निर्देशनमा बन्द गरिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

कार्यक्रम प्रस्तोता राजु थापाले मन्त्री बास्कोटासँग लिएको अन्तर्वार्तामा सम्पत्ति विवरणसम्बन्धी प्रश्न सोधेकै आधारमा कार्यक्रम बन्द गराइएको भन्दै महासंघले कार्यक्रम बन्द नगर्न आग्रह गरेको छ ।

प्रश्न सोधैकै आधारमा निरन्तर रूपमा प्रसारणमा रहेको कार्यक्रम बन्द गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र लोकतन्त्रको उपहासका साथै प्रेसको विश्वव्यापी मान्यताविपरीतको कार्य रहेको महासंघको ठहर छ । अन्तर्वार्ताका क्रममा प्रस्तोताले कम्युनिष्टहरुले दाइजोबाट सुन चाँदी लिन सुहाउँछ र भनी प्रश्न गरेपछि मन्त्री बाँस्कोटा आक्रोशित भएका थिए ।

आफूले कहिल्यै पनि दाइजो नलिएको दावी मन्त्री बाँस्कोटाले गरे पनि अन्तवार्ताकार थापाले मन्त्रीले आफैंले हस्ताक्षर गरेर सार्वजनिक गरेको सम्पत्ति विवरणमा श्रीमतीको माइतबाट सुन चाँदी आएको उल्लेख भएको कागजात देखाइएको थियो ।

आफूलाई पेलेर प्रश्न सोधेको र अप्ठ्यारोमा पारेको रिसमा मन्त्री बास्कोटाले कार्यक्रम नै बन्द गर्न नेपाल टेलिभिजनलाई निर्देशन दिएका थिए । तर नेपाल टेलिभिजनले भने आन्तरिक कारणले नै कार्यक्रम बन्द गर्नुपरेको बताएको छ ।

मन्त्रीसँग भएको कुराकानीको भिडियोः



Share The News :
सम्बन्धित शीर्षकहरु

बालकृष्ण घिमिरे- दुध र दुग्धजन्य पदार्थ जाडो मौसममा स्वत चिसो हुने भएका कारणले होला पन्चानब्ये प्रतिशत बिग्रदैन र अनुगमन गर्ने…

तितोपाटी - जनप्रगतिशिल मञ्च ओमनले शुक्रबार मस्कट घालाको म:म किङ्ग रेस्टुरेन्टमा एक विशेष कार्यक्रम गरि भेटघाट तथा बृहत छलफल कार्यक्रम…

काठमाडौं -भारतले नेपाललाई जनकपुर र विरानगरबाट पनि दुईतर्फी एयर रुट दिने भएको छ । यसका लागि शनिबार नेपाल र भारतको…

प्रतिकृयाहरू