Wednesday 18th July 2018

मलेसियामा ज्यान गुमाएका युवाको शव नेपाल झिकाइदिन परिवारको अपिल


तितोपाटी – आफ्नै साथीहरुको कुटपिटबाट मलेसियामा ज्यान गुमाएका पर्वतका किशोर केसी (नसिब) को तीन साता बितिसक्दा पनि शव नेपाल आउन सकेको छैन ।

लामो समयसम्म पनि शव नेपाल आइनपुगेपछि परिवारले छोराको शव नेपाल झिकाइदिन अपिल गरेका छन् । पर्वतको मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका २२ वर्षीय किशोरको शव मृत्यु भएको १५ दिनसम्म पनि नआएपछि मृतकका बुबा भीमबहादुर केसीले छोराको शव नेपाल झिकाइदिन आग्रह गरेका हुन् ।

घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण पनि आफूहरुलाई विभिन्न निकायमा पुगेर ताकेता गर्न समस्या भएको भन्दै मृतक नशिवको परिवार शव नेपाल झिकाउन विभिन्न संघ संस्थामा धाइरहेको उनले गुनासो गरे । रोजगारीका लागि मलेसिया पुगेका नशिवमाथि नेपाली साथीभाइले कुटपिट गरेका थिए । पेटमा फलामे रड घोचिएपछि उपचारको क्रममा उनको गत जेठ १५ गते मलेसियाकै पुत्रोदय अस्पतालमा निधन भएको थियो ।

रोजगारीकै लागि मलेसिया पुगेका पूर्वी नेपालका चार जना युवाले नशिवमाथि जेठ ६ गते आक्रमण गरेका थिए । नशिवको शव एक हप्तामै नेपाल आइपुग्ने भनिएको भए पनि अझैसम्म शव नआउँदा उनको परिवार हरेक दिन उनकै शोक र मृत शरीरको प्रतीक्षामा रहेको छ ।

करीब २० महिनाअघि रोजागरीका लागि मलेसिया पुगेका क्षेत्री परिवारका कान्छा सन्तान हुन् । उनी अविवाहित थिए । उनको मृत्युको खबर सुनेपछि आमा देवी क्षेत्री अर्धचेत अवस्थामा छिन भने गाउँलेमा समेत रुवाबासी चलेको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - ग्ल्यामरको दुनियाँमा केही यस्ता बलिउड अभिनेत्री छन्, जो आफ्नो दमदार अभिनयका कारण चिनिन्छन् र सधैँ चर्चामा रहन्छन् । उनीहरूलाई…

तितोपाटी - ईलाम घर भएका जङ्गबहादुर लुङगेली एक महिना देखि दुबईको एक अस्पतालमा उपचारत छन् ।बैदेशिक रोजगारको शिलशिलामा केही महिना…

तितोपाटी -  बाग्लुङमा हिँजो मंगलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा पहिरो गएको छ । बजारदेखि माथिल्लो…

प्रतिकृयाहरू