Thursday 25th April 2024

दाइजो बारे प्रश्न सोध्दा सूचना तथा संचार मन्त्रीले कार्यक्रम नै बन्द गराइदिए


तितोपाटी – सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाको निर्देशनपछि नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘सिधा कुरा’ बन्द भएको छ।

कार्यक्रम प्रस्तोता राजु थापाले मंगलबार टेलिभिजन प्रशासनले दबाब थेग्न गाह्रो भएकाले कार्यक्रम निरन्तर नहुने जानकारी गराएको बताए।

सरकारका सय दिनको समीक्षा गर्न गत शनिबारको कार्यक्रममा सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री बाँस्कोटालाई अतिथि बनाइएको थियो। सोही कार्यक्रममा आफूले सोधेका प्रश्नको रिसमा मन्त्रीले कार्यक्रम बन्द गरिदिएको थापाको आरोप छ।

‘मलाई पूरै कार्यक्रमभरि गाह्रो लागेको थियो। दाइजोको विषयआएपछि बढी तनावपूर्ण भयो,’ थापाले भने,’कार्यक्रम सकिएपछि मन्त्रीज्यू आज पहिलो पटक मलाई कार्यक्रम चलाउन गाह्रो भयो भनें। उहाँ केही नबोली हिँड्नुभयो। हिजो कार्यक्रम बन्द भयो भनेर फोन आयो।’

कार्यक्रमको ३६ औं मिनेटमा सुशासनको विषयमा कुरा सुरू हुन्छ। सुरूमा मन्त्री बाँस्कोटाले १७ तोला सुन र ६० तोला चाँदी माइतीबाट नल्याएको दाबी गर्छन्। एकछिनमा सम्पत्ति विवरण देखाएपछि उनले चार/पाँच तोला हुनसक्ने बताउँछन्।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको…

नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय…

प्रतिकृयाहरू
...