Friday 29th March 2024

गल्ती गरे मेरै घरभेटीलार्इ पनि कार्वाही हुन्छ – प्रचण्ड


तितोपाटी – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले विकास निर्माणमा ढिलाइ गर्ने ठेकेदारलाई सरकारले कुनै संरक्षण नदिएको स्पष्ट पार्नु भएको छ ।

आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले निर्माण कार्यमा लापरबाहि गर्ने ठेकेदार तथा कम्पनीलाई कारबाहि गर्न सरकार पछि नहट्ने बताउनुभयो ।

उहाँले आफ्नो घरबेटीलाइ बचाउन लागेको समाचारकोसमेत खण्डन गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ठेकेदारहरुले समयमा गुणस्तरीय काम गर्नुपर्छ, यसमा कसैसँग सम्झौता हुँदैन । गल्ती गरेको भए मेरो घरभेटीलाई पनि कारबाही हुन्छ । राज्यभन्दा माथि कोही पनि छैन ।’

‘हामी मीडियालाई अंकुश लगाउने पक्षमा छैनौं । तर, अत्यन्तै भ्रामक समाचारहरु आउँदा चिन्ता लाग्छ’ प्रचण्डले भने, ‘मीडियाले आफ्ना लागि कोड अफ कन्डक्ट बनाउनुस्, हुँदै नभएका झुटा समाचार लेखेर तपाईहरुको नै विश्वासनीयता घट्छ ।

प्रचण्डले गृहमन्त्रीलाई दवाव दियो भन्नेजस्तो झुटो समाचार केही होइन ।’


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...