Friday 9th October 2026

प्रधानन्यायधिशमा दिपकराज जोशीको नाम शिफारिस


तितोपाटी – संवैधानिक परिषदले प्रधानन्यायाधीश नियुक्तिका लागि कायममुकाय प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ।

मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले कायममुकाय प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका हुन्।

गत फागुन ३० गतेदेखि प्रधानन्यायाधीशको पद रिक्त छ। त्यसयता कायममुकायम प्रधानन्यायाधीशले न्यायालयको नेतृत्व गर्दै आएका थिए।

प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिना पहिलै र कारणवस अचानक रिक्त भए एक महिनासम्ममा प्रधानन्यायाधीश नियुक्त गर्नुपर्ने कानूनी व्यवस्था छ।

संवैधानिक परिषद् बैठकले सिफारिस गरेर संसदीय सुनुवाइका लागि संसदमा पठाउने छ।

संसदीय सुनुवाइ पास गरेका न्यायाधीशलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने छिन्। तर संसदको कार्यसञ्चालन नियमावली नबनेकोले संसदीय सुनुवाइ समिति पनि अहिलेसम्म गठन भएको छैन।


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...