Sunday 27th September 2026

ईराकबाट ऊद्दार गरिएकी शान्ता राईलाई कुवेतबाट आर्थिक सहयोग


ईराकबाट केही महिना अगाडी साहुको निर्घात कुटपीटबाट सख्त घाईते अवस्थामा नेपाल पुगी उपचार खर्च अभाव भई दयनिय अवस्थामा रहेकी टेम्के मैयुङ गाउँपालिका ८, गोगने भोजपुरकी शान्ता राईलाई कुवेतबाट १ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग आज हस्तान्तरण गरिएको छ ।

उनलाई “प्रेम बहादुर बचाउँ अभियान” उप-समिति कुवेतबाट उक्त आर्थिक सहयोग उपलब्ध भएको हो ।

प्रेम बचाउँ अभियान मूल समितिमा आवश्यक रकम पुरा भएको जानकारी प्राप्त भएपछी उप-समिति कुवेतले प्रेम बचाउँ अभियान मूल समितिमा १ हजार ७ सय ९२ केडी १०० फिल्स (६ लाख ३० हजार पाँच सय पच्चीस रुपैयाँ), पीडित ईराक पीडित शान्ता राईलाई ४ सय ३८ केडी ६ सय फिल्स (१ लाख ५५ हजार रुपैयाँ) र दुबै मृगौला पीडित संखुवासभाकी सबिना सुनार सहयोग अभियानलाई ५१ केडी (१८ हजार रुपैयाँ) सहयोग सहयोग गर्ने निर्णय गरेको समिति कुवेतका संयोजक तथा कुवेतमा नव गठित प्रवासी ईलामेली सेवा समाजका अध्यक्ष चक्र कुलुङ राईले जानकारी गराउनु भयो ।

पीडित शान्ता राईलाई धरान १७, मंगलबारेमा आफन्तको डेरामा शरण लिई वसिरहनु भएकी शान्ता राई कै घरमा पुगी अभियान्ता पार्वती राईले आज हस्तान्तरण गर्नु भएको हो । यस अघि भोजपुर सेवा समाज कुवेतले पठाएको ५१ केडी (१८ हजार रुपैयाँ) पनि केही दिनमै हस्तान्तरण गरिने समाजसेवी बसन्त राईले जानकारी गराउनु भएको छ ।

आर्थिक सहयोगको बिवरण: प्रेम बचाउ उप-समिति कुवेतबाट – ३६१.५ केडी नेपाल आदिवासी जनजाती महासंघ कुवेत – ५१ केडी प्रवासी ईलामेली सेवा समाज, कुवेत – २० केडी चक्र कुलुङ राई – ६ केडी जम्मा – ४३८.५ केडी


सम्बन्धित शीर्षकहरु

दक्षिण अफ्रिकाका दुई स्थानमा भएका छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।…

अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ (यूएन) महासभामा विश्वका करिब १३० देशका नेता सहभागी भएका छन्। महासभामा युक्रेन युद्ध, गाजा युद्धविराम,…

थाइल्याण्डको राजधानी बैंककमा लगातारको भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ। बाढीका कारण करिब ४,९०० जनालाई सुरक्षित आश्रयस्थलमा सारिएको…

प्रतिकृयाहरू
...