Sunday 27th September 2026

मकाउमा नेपाली युवाद्वारा अात्महत्याको असफल प्रयास


तितोपाटी – एजेण्टमार्फत १० लाख भन्दा बढी रकम बुझाएर मकाउ पुगेका एक नेपाली युवाले त्यहाँ पुगेको एक महिना नपुग्दै आत्महत्या प्रयास गरेका छन् ।

कम्पनी सुपरभाइजरको मानसिक यातना र मकाउ लैजाने एजेन्टले बेवास्ता गरेपछि २६ वर्षीय ईश्वर थिङले धारिलो हतियारले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेको स्थानीय टेलिभिजनले जनाएको छ ।

एक महिना अघि मात्र थिङ नेपालका एजेण्ट विशाल थपलियामार्फत १२ लाख रुपैयाँ बुझाएर मकाउ गएका थिए । उनलाई मकाउ झिकाउन स्थानीय एजेन्ट तथा एनआरएन मकाउका कोषाध्यक्ष युवराज न्यौपानेले थपलियालाई डिमान्ड पठाएको बताइएको छ ।

मकाउको ग्लोबल सेक्युरिटीमा काम लगाउन समेत कम्पनी र एजेण्टले कमिसन लिने गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । कम्पनीका सुपरभाइजर फिलिपिनो नागरिक जोयले उनलाई काम गर्न गएकै दिनदेखि धम्क्याउने र मानसिक तनाव दिने गरेका थिए ।

उनी त्यहाँबाट जागिर छाडेर हिँडे अर्को व्यक्तिलाई ल्याउन पाइने भएकाले निरन्तर यातना दिएपछि नेपाली युवक थिङले ग्लोबल होस्टलमै आत्महत्या प्रयास गरेको स्थानीय प्रहरीले जनाएको छ । नेपालमा ऋण गरेर मकाउ पुगेका उनले काम गर्न नसक्ने र पैसा फिर्ता पनि नहुने भएपछि उनीसँग अरु उपाय थिएन ।

घाँटीको आधा भाग काटिएका थिङको स्थानीय सान्तेङ अस्पतालमा उपचार भइरहेको छ । मकाउमा एजेन्ट र कम्पनीको मिलेमतोमा कामदारसँग मोटो रकम लिएर बोलाउने र पछि पीडा दिएर निकाल्ने प्रचलन बढिरहेको छ ।

पीडितका परिवारले उनलाई मकाउ लैजाने एजेन्टमाथि कारवाहीको माग गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

दक्षिण अफ्रिकाका दुई स्थानमा भएका छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।…

अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ (यूएन) महासभामा विश्वका करिब १३० देशका नेता सहभागी भएका छन्। महासभामा युक्रेन युद्ध, गाजा युद्धविराम,…

थाइल्याण्डको राजधानी बैंककमा लगातारको भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ। बाढीका कारण करिब ४,९०० जनालाई सुरक्षित आश्रयस्थलमा सारिएको…

प्रतिकृयाहरू
...