Sunday 27th September 2026

युएइबाट १ नेपाली युवती उद्दार


तितोपाटी – भारतको बाटो हुँदै ९ महिनाअघि घरेलु कामदारका रुपमा यूएई आएकी सुनिता जिम्बा आइतबार नेपाल फर्किएकी छन् ।

आफूले काम गर्ने घरमा ७ महिनासम्म तलबसुविधा नपाएपछि भागेर नेपाली दूतावास अबुधाबीको महिला सेल्टरमा करिब २ महिना बसेर उनी नेपाल फिर्ता भएकी हुन ।

साथमा पासपोर्ट नभएको र आफूले काम गर्ने घर र आफूलाई ल्याउने दलालको समेत केही जानकारी दिन नसक्ने सुनिताको यात्रा अनुमतिपत्र नेपाली दूतावास अबुधाबीबाट बनेपछि एनआरएन यूएईको संयोजनमा नेपाल फर्किएकी हुन् ।

यात्रा अनुमतिपत्र तयार भएपछि आवश्यक रकम जुटाउन नेपाली दूतावासले एनआरएनलाई जानकारी गराएको थियो ।

दुबईका नेपाली व्यवसायी सरोज बिष्टले सुनिताको हवाई टिकट र अध्यागमन शुल्क बराबर १ हजार २ सय दिराम उपलब्ध गराएको एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान…

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

दक्षिण अफ्रिकाका दुई स्थानमा भएका छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।…

प्रतिकृयाहरू
...