Wednesday 16th September 2026

यात्रुको सुन चोर्ने ३ ट्याक्सी चालकसहित चारजना पक्राउ


तिताेपाटी डट कम –आफैंले चलाएको ट्याक्सीमा चढ्ने यात्रुको सुन चोरी गरेर भाग्ने तीनजना ट्याक्सी ड्राइभर (चालक) सहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा ट्याक्सी चालकहरु शुक्रबीर तामाङ, विजेश तामाङ, चिनलाल तामाङ  र सुन ब्यापारी लिलानाथ विश्वकर्मा रहेका छन् ।

वैशाख १९ गते लैनचौरबाट काँडाघारी जाँदै गरेकी सर्मिला उप्रेतिको सुनको गरगहना लुटिएको उजुरी परेपछि अनुन्धान गर्दै जाँदा तीन जना ट्याक्सी ड्राईभर सहित चारजना लाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दीपक पोखरेलले बताएका छन् ।

आफ्नै ट्याक्सीमा चढेकी यात्रु सर्मिला उप्रेतीको गरगहना लुटेर भाग्ने बा. २ झ ३७८ नम्बरको ट्याक्सी चालक शुक्रबिर तामाङले लुटेको गहना विक्री वितरण गर्नका लागि बिजेश र चिनलाल तामाङले ग्राहक खोजेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले ट्याक्सी चालक बिजेश र चिनलालको डेरा–कोठाबाठ सुनको बेरुवा औंठी १ थान र चाँदीको ब्रासलेट १ थान बरामद गरेको छ ।

त्यस्तै कागेश्वरी मनहरा नगरपालिका–१ स्थित हिमालय होलमा निमा दोर्जे तामाङको बन्द सटरमा सोही समुहले लुकाएको तिलहरी १ थान, औंठी २ थान, बाला २ थान र झुम्का ३ थान प्रहरीले बरामद गरेको छ ।

ट्याक्सी चालकहरुले चोरेको सुन खरिद गर्दैै आएका सुन ब्यापारी लिलानाथले सञ्चालन गरेको काँडाघारीको ओम लक्ष्मी सुनचाँदी पसलबाट सुनको जन्तर २ थान, सुनको तिलहरी १ थान, सुनको पेण्डल २ थान, सुनको तिलहरी ३ थान र सुनको झुम्का २ थान बरामद गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

सुन चोरीमा संलग्न यो समुहले सिन्धुपाल्चोक बाह्रविसे स्थित शुक्रविर तामाङको घर नजिकै रुखको फेद नजिक माटोमा गाडेको अवस्थामा एक थान सुनको सिक्री प्रहरीले फेला पारेको छ ।

-राताेपाटी


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसका डिजेल भण्डार र ऊर्जा पूर्वाधारमाथि आक्रमण नगर्न आग्रह गरेका छन्। ट्रम्पका…

लिथुआनियाको आकाशमा प्रवेश गरेको एक ड्रोनलाई NATO का लडाकु विमानहरूले खसालेका छन्। अधिकारीहरूका अनुसार यो पहिलो पटक हो जब लिथुआनियाको…

कुवेतको पुनरावेदन अदालतअन्तर्गत राज्य सुरक्षा इजलासले हिजबुल्लाहको सदस्यता तथा आर्थिक सहयोगसम्बन्धी मुद्दामा तल्लो अदालतले सुनाएको फैसला सदर गरेको छ। अदालतले…

प्रतिकृयाहरू
...