Thursday 27th August 2026

ट्रम्प-किम शिखरवार्ताको उत्तर कोरियाले कार्यसूचि बनायो


तितोपाटी – आफ्ना नेता किम जङ-अनले मंगलवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा “स्थायी शान्ति स्थापना संयन्त्र”का विषयमा छलफल गर्ने योजना बनाएको उत्तर कोरियाले जनाएको छ।

किम र ट्रम्प बहुप्रतीक्षित एवं ऐतिहासिक भेटवार्ताको तयारीका लागि सिंगापुर पुगिसकेका छन्।

उत्तर कोरियाको केसीएनए समाचार संस्थाले सार्वजनिक गरेको विज्ञप्तिमा दुई नेताले “स्थायी र दिगो शान्ति सस्थापना गर्ने संयन्त्र”का विषयमा छलफल गर्ने भनिएको छ।

दुई पक्षबीच कोरियाली प्रायद्वीपमा “परमाणु अस्त्र निश्शस्त्रीकरण” र “आपसी हित”का विषयमा छलफल हुने भनिएको छ।

अडान

विज्ञप्तिमा भनिएको छ “अब एउटा परिवर्तित युग शुरू भएको छ।”

किमले विश्वले आफूहरूलाई नजिकबाट नियालिरहेको बताएका छन् भने ट्रम्पले शिखर बैठकप्रति आफूलाई सुखद अनुभूति भइरहेको बताएका छन्।
अमरिका चाहन्छः उत्तर कोरियाले आफ्ना परमाणु अस्त्र सदाका लागि त्यागि देओस्।

तर प्योङयाङ के चाहन्छ त्यो प्रस्ट भइसकेको छैन।

आशा
दुवै नेता फरक होटलमा बसिरहेका छन्। तर ती एक अर्काभन्दा धेरै टाढा छैनन्।

किम सेन्ट रेगिस् होटलमा छन् भने ट्रम्प आधा माइल पर रहेको शाङ्ग्रिलामा बसिरहेका छन्।

बीबीसीका उत्तर अमेरिका सम्पादक भन्छन्, “परम्परागत राजनीतिले यस्तो बैठक सम्भव भएको होइन। नेता किमसँगको यो बैठक लामो यात्राको शुरूवात हुन सक्छ।”
सोपेल लेख्छन्, “ट्रम्प भन्छन् उनी कसैसँग मिल्न सक्छन् वा सक्दैनन् भनेर थाहा पाउन उनलाई पाँच सेकेण्ड लाग्ने गर्दछ। अब किम र ट्रम्पबीच कुराकानी अघि बढोस् भनेर आस मात्र गर्न सकिन्छ।”

-बिबिसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...