Friday 26th April 2024

ट्रम्प-किम शिखरवार्ताको उत्तर कोरियाले कार्यसूचि बनायो


तितोपाटी – आफ्ना नेता किम जङ-अनले मंगलवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा “स्थायी शान्ति स्थापना संयन्त्र”का विषयमा छलफल गर्ने योजना बनाएको उत्तर कोरियाले जनाएको छ।

किम र ट्रम्प बहुप्रतीक्षित एवं ऐतिहासिक भेटवार्ताको तयारीका लागि सिंगापुर पुगिसकेका छन्।

उत्तर कोरियाको केसीएनए समाचार संस्थाले सार्वजनिक गरेको विज्ञप्तिमा दुई नेताले “स्थायी र दिगो शान्ति सस्थापना गर्ने संयन्त्र”का विषयमा छलफल गर्ने भनिएको छ।

दुई पक्षबीच कोरियाली प्रायद्वीपमा “परमाणु अस्त्र निश्शस्त्रीकरण” र “आपसी हित”का विषयमा छलफल हुने भनिएको छ।

अडान

विज्ञप्तिमा भनिएको छ “अब एउटा परिवर्तित युग शुरू भएको छ।”

किमले विश्वले आफूहरूलाई नजिकबाट नियालिरहेको बताएका छन् भने ट्रम्पले शिखर बैठकप्रति आफूलाई सुखद अनुभूति भइरहेको बताएका छन्।
अमरिका चाहन्छः उत्तर कोरियाले आफ्ना परमाणु अस्त्र सदाका लागि त्यागि देओस्।

तर प्योङयाङ के चाहन्छ त्यो प्रस्ट भइसकेको छैन।

आशा
दुवै नेता फरक होटलमा बसिरहेका छन्। तर ती एक अर्काभन्दा धेरै टाढा छैनन्।

किम सेन्ट रेगिस् होटलमा छन् भने ट्रम्प आधा माइल पर रहेको शाङ्ग्रिलामा बसिरहेका छन्।

बीबीसीका उत्तर अमेरिका सम्पादक भन्छन्, “परम्परागत राजनीतिले यस्तो बैठक सम्भव भएको होइन। नेता किमसँगको यो बैठक लामो यात्राको शुरूवात हुन सक्छ।”
सोपेल लेख्छन्, “ट्रम्प भन्छन् उनी कसैसँग मिल्न सक्छन् वा सक्दैनन् भनेर थाहा पाउन उनलाई पाँच सेकेण्ड लाग्ने गर्दछ। अब किम र ट्रम्पबीच कुराकानी अघि बढोस् भनेर आस मात्र गर्न सकिन्छ।”

-बिबिसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...