Sunday 27th September 2026

नेपाली जनएकता सेवा समाज कुवेतको तेश्रो वार्षिक उत्सवको सम्पूर्ण तयारी पुरा


बसन्त थापा- नेपाली जनएकता सेवा समाज कुवेतले आगामी जुन १५ / २०१८/ शुक्रवार ईदको दिन गर्ने भनिएको तेश्रो वार्षिक उत्सव तथा संस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।

उक्त कार्यक्रम कुवेतको फर्वानिया सिटी स्थित अल हैतम रेष्टुरेण्टको पछाड़ी  पट्टी युनिक आडोटोरीयम हलमा सम्पन्न हुने भएको छ।

“एकता नै हाम्रो चाहाना,सेवा नै हाम्रो धर्म हो ” भन्ने मुल नाराका साथ सन् २०१५ मा स्थापना भएको नेपाली जन एकता सेवा समाज कुवेतको यो भने तेश्रो वार्षिक उत्सव रहेको छ।

उक्त कार्यक्रमको दिन कुवेतमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्दी जिवी,समाज सेवी, पत्रकार, कलाकार,खेलाडी, राजनीतिक पार्टी तथा सम्पूर्ण नेपाली जन समुदाय लाई कार्यक्रमा उपस्थित भईदिनु हुन संस्थाले अनुरोध गरेको छ।

कार्यक्रम हुने दिन : ईदको दिन

स्थान: यूनिक आडिटोरियम हल फर्वनीया (अलहैतम रेष्टुरेण्ट भन्दा ५० मिटर पछाडि)

समय: बिहान १०: बजे

सम्पर्क नं: ५०११९७०३/ ९७२२४९०८


सम्बन्धित शीर्षकहरु

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान…

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

दक्षिण अफ्रिकाका दुई स्थानमा भएका छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।…

प्रतिकृयाहरू
...