Tuesday 6th October 2026

कोरियन भाषा परीक्षाः ४७ नक्कली विद्यार्थी पक्राउ


तिताेपाटी डट कम –महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले सातवटा परीक्षा केन्द्रमा अर्को व्यक्तिको परीक्षा दिन राहदानी र प्रवेशपत्रसमेत लिई परीक्षा दिइरहेको अवस्थामा जाँच गर्दा नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जानकारी दिए ।

तीमध्ये जेभियर इन्टरनेशनल स्कुल, बौद्धबाट १३ जना, गोल्डेनगेट इन्टरनेशनल कलेज बत्तीसपुतलीबाट एक, भिएस निकेतन तीनकुनेबाट ११, नोवेल एकेडेमी नयाँ बानेश्वरबाट पाँच, युनिभर्सल कलेज, मैतीदेवीबाट पाँच, जेभियर इन्टरनेशनल कलेज, कालोपुलबाट चार र टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजारबाट आठजनालाई नियन्त्रणमा लिइएको परिसरले जनाएको छ ।

– राताेपाटी

 


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...