Sunday 27th September 2026

अनेकस कुवेतको तेस्रो अधिबेशनको सम्पुर्ण तयारी पुरा


चन्द्र बिश्वकर्मा, तीतोपाटी डट कम – कुवेतको नेपाली समाजमा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको तेस्रो अधिबेशनको सम्पुर्ण तयारी पूरा भएको छ ।

कुवेतमा कार्यरत नेपालिहरुमा लुकेर रहेको प्रतिभा लाई प्रस्फुटन गराउने उदेश्यले कुवेतको नेपाली समाजमा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको तेस्रो अधिबेशन यहि आउदो जुन, १५ शुक्रबारको दिन कुवेत, अब्बासियाको पपिन हलमा सम्पन्न हुदैछ ।

कुवेतमा कार्यरत सम्पुर्ण नेपालिहरुलाई समय- समयमा विभिन्न साँस्कृतिक कार्यक्रम गरि मनोरञ्जन दिनुको साथै जनचेतना मुलक कार्य पनि गर्दै आइरहेको छ । प्रवासमा भएर पनि इच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीको आफ्नो कला र गला लाई प्रस्फुटन गराउन महत्त्वपूर्ण भुमिका निर्वाह गरिरहेको उक्त समाजका उपाध्यक्ष डोल राज न्यौपानेले तीतोपाटीलाई जानकारी गराउनु भएको छ ।

कुवेतमा कृयाशिल कूटनीतिक नियोग, सघं-सस्था, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण कुवेतबासी लाई निमन्त्रणा गरेसकेको र यदि कुनै कारणले पत्र प्राप्त नभएको भए यहि समाचार लाई आधारमानी कार्यक्रममा उपस्थिति जनाइ भब्य र सब्य रुपमा सप्पन्न गरिदिनको लागि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम हुने समय, स्थान र मिति निम्न बमोजिम रहेको छ ।

मिति :- सन् २०१८, जुन १५ तारिक शुक्रबारको दिन
समय :- दिनको ठिक १२ बजे
स्थान :- कुवेत, अब्बासियाको पपिन हल


सम्बन्धित शीर्षकहरु

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान…

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

दक्षिण अफ्रिकाका दुई स्थानमा भएका छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।…

प्रतिकृयाहरू
...